ताजा अपडेट »
यू-१९ विश्वकप क्रिकेट:

नेपालले बंगलादेशलाई दियो १७० रनको लक्ष्य

बुधबार, १७ माघ २०८०, १७ : २३
66 Shares

काठमाडौं । दक्षिण अफ्रिमा जारी आईसिसी यु–१९ विश्वकप अन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ ।टस जितेर ब्याटिङ थालेको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै १६९ रन बनाएको छ । नेपालका लागि विशाल विक्रम केसीले ४८ रन बनाए । 

कप्तान देव खनाल ३५ रन बनाउँदै पेभेलियन फर्के । कप्तान देवले ६० बलमा ३ चौका मद्दतमा ३५ रन बनाउँदा इलबाल हुसैनको बलका क्याच आउट भएका हुन्। उनले विशाल विक्रम केसीसँग चौथो विकेटको लागि ६२ रनको साझेदारी गरेका थिए।

त्यसअघि पहिलो विकेटको रुपमा ‌ओपनर विपिन रावल २ रन बनाएर  ३.५ ओभरमा आउट भएका थिए भने दोस्रोमा आकास त्रिपाठी ३ रनमा आउट भए । तेस्रो विकेटको रुपमा अर्जुन कुमाल १४ रनमा आउट भए ।

बंगलादेशका रोहनत डोल्लाह बोर्सनले सर्वाधिक ४ विकेट लिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।