ताजा अपडेट »
यू-१९ विश्वकप क्रिकेट:

नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

बुधबार, १७ माघ २०८०, २० : १२
56 Shares

काठमाडौ । नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ ।

जारी यू-१९ विश्वकप अन्तर्गत नेपालले दिएको १७० रनको लक्ष्य पछाएको बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

नेपालका बलर सुबास भण्डारीले बंगलादेशका पाँचै विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ४९.५ ओभरमा अलआउट हुदै १६९ रन बनाएको हो ।

नेपालका लागि विशाल विक्रम केसीले सर्बाधिक ४८ रन बनाएका थिए भने कप्तान देव खनालले ३५ रन बनाएका थिए । त्यस्तै अर्जुन खनालले १४ रन बनाएका थिए । नेपालका लागि विपिन खनालले २, आकाश त्रिपाठीले ३, गुलशन झाले ३,  दिपक बोहोराले ३, दिपेश कँडेलले ३, सुबाश भण्डारीले १८ रन र दुर्गेश थापाले ९ रन बनाएका थिए ।

त्यसैगरी बंगलादेशका बलर रोहनत डोउलाह बोरसनले ४ विकेट लिए भने शेइख पाएभेज जिबोनले ३ विकेट लिएका थिए । त्यस्तै इकबाल होसैन एमोन, मारुफ मृधा र जिशान आलमले एक विकेट लिएका थिए ।

यो जितपछि बंगलादेश सेमिफाइनलको दौडमा कायम रहेको छ र बंगलादेशको ३ खेलमा ४ अंक भएको छ ।

नेपाल भने सेमिफाइनलको दौडबाट यस अघि नै बाहिर भएको छ । नेपालले अब अर्को खेल भारतसँग शुक्रबार खेल्ने छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।