ताजा अपडेट »

नयाँ बर्षमा जनकपुरधाममा एकै दिन आए १० हजार बढी भारतीय पर्यटक

मंगलबार, १७ पुस २०८०, १४ : ०८
52 Shares

जनकपुर । अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन जनकपुरधाममा १० हजारभन्दा बढी भारतीय पर्यटक भित्र्एिका छन् ।

धनुषा र महोत्तरीका विभिन्न नाकाबाट एकैदिन १० हजार पर्यटक भित्र्एिका छन् ।

पर्यटकको आगमन बढेसँगै जनकपुरधामको चहलपहल बढेको छ । भारतको बिहार राज्यबाट जटही नाका भएर सोमबार ५ बजेसम्म ८७६ जिप/कार, मोटरसाइकल र भिठ्ठामोड नाकाबाट ६५६ जिप/कार, मोटरसाइकल जनकपुरधाम भित्रिएकाे सिमा सुरक्षा बलले जनाएकाे छ ।

यसबाट जटही र जनकपुरधाम भन्सार कार्यालयले १७ लाख ६ हजार ५ सय २६ राजस्व उठाएको सम्बन्धित कार्यालयका कर्मचारीहरूले जानकारी दिएका छन् ।

भारतको बिहार, दक्षिण भारत, राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, पञ्चाब, उत्तर प्रदेश, उत्तराखण्डलगायतबाट पर्यटकहरू आएका छन् । पर्यटकलाई लक्षित गर्दै केही होटलहरूले सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन् ।

पर्यटकको संख्या बढेसँगै जनकपुरधाममा सवारीसाधन पार्किङको चाप बढेको छ भने जानकी मन्दिरलगायतका मठ– मन्दिरहरूमा चहलपहल बढेको छ । पर्यटकको आगमनसँगै होटल व्यवसायको चाप २५ प्रतिशतले बढेको व्यवसायीहरुको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।