ताजा अपडेट »

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको  “सिद्धिार्थ भिलासा” लाई ५ तारे होटलको मान्यता

शनिबार, १७ चैत्र २०८०, ०५ : ३५
138 Shares

भैरहवा । नेपाली हस्पिटालिटीको क्षेत्रमा २६ बर्षको अनुभव बोकेको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले पछिल्लो पटक भैरहवामा सन्चालन्मा ल्याएको होटल ‘सिद्धार्थ भिलासा’ले पाँच तारे स्तर होटलको मान्यता पाएको छ । ‘भिलासा’ सिद्धार्थ बिजनेस ग्रुपको लग्जरी ब्राण्ड हो ।  पर्यटन विभागले होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी उक्त होटललाई स्तरउन्नति गरेको हो । लुम्बिनी प्रदेशको प्रमुख व्यपारीक नाका शहर भैरहवामा सञ्चालित उक्त होटललाई पर्यटन ऐन अनुसार पाँच तारा स्तरको होटलमा स्तर वर्गीकरण गरी इजाजतपत्र दिइएको पर्यटन विभागले जनाएको छ । भन्डैं ५ बिगाहा क्षेत्रफलमा फैएिको यस होटलमा एउटा भिलासा एक्जुकेटिभ स्विट, २ वटा स्विट, ५ वटा जुनियर स्विट र ७७ एक्जुकेटिभ डिलक्स गरि जम्मा ८५ वटा कोठाहरु रहेका छन ।

यस होटलमा साना ठूला गरी पाँच वटा कन्फ्रेरेन्स हलका साथै पाँचै वटा रेस्टुरेन्ट आउटलेटहरु रहेका छन । होटलमा पन्ध्र सय जना क्षमताको ब्याङ्क्वेट हल रहेको र यो नेपालकै ठूलो ब्याङ्क्वेट हल भएको सिध्दार्थ सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।

स्थापनाको छोटो समयमै ‘डेस्टिनेसन वेडिङ’ र अन्य पर्यटक गरि  उच्च संख्यामा भारतीय पर्यटक भित्र्याउन होटल सफल भएको र लुम्बिनी घुम्न आउने विभिन्न देशका पर्यटकहरुका साथै वाह्य तथा आन्तिरीक पर्यटक बिच पनि लोकप्रिय भैरहेको यो होटलले पाँच तारा स्तरको मान्यता पाएसँगै होटलको ब्यापारमा पनि थप वृद्धि हुने आफुहरुको विश्वास रहेको प्रुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।

होटलमा जिम, ज्याकुजी, स्टिम, स्पा लगायत वेलनेस क्लवको सुबिधा उपलब्ध छ । हहिले सम्म करिव २ सय जनाले रोजगारी पाएकोमा संचालनको तयारीमा रहेको क्यासिनो संचालनसंगै झण्डै ५ सय जनालाई रोजगारी प्रदान हुने सिईओ न्यौपानेका भनाई छ । नेपालकै उत्कृष्ट क्यासीनो सन्चालन गर्न सकिने गरी क्यासीनोको लागी संरचनहरुा समेत निर्माण भैसकेका छन । नेपाल लगाएत समग्र लुम्बिनी क्षेत्रकै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा यस होटलले ठूलो भुमिका निर्वाह गर्ने कम्पनीका अध्यक्ष लक्ष्मण न्यौपानेको भनाई रहेको छ । ।

सिद्धार्थ बिजनेस ग्रुपको आगामी योजनाः
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले ‘भिजन २०३०’ को योजना अन्तर्गत सन २०३० सम्ममा स्वदेश तथा विदेशमा कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेटहरु सञ्चालन गर्ने योजना बनाएको छ । अगामी वर्ष कैलालीको धनगढी र तनहुँको दमौलीमा नयाँ होटल तथा रुपन्देहीको योगीकुटिमा ब्याङ्क्वेट सहितको रेस्टुरेन्ट सञ्चालनमा ल्याउने योजना रहेको ग्रुपले जनाएको छ । त्यस्तै आगामी वर्ष भित्रै पृथ्वी राजमार्गमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टलाई चार तारेमा स्तरउन्नति गर्ने योजना अनुरुप काम अगा८ी बढिरहेको सिईओ न्यौपानेले जानकारी गराएका छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।