ताजा अपडेट »

लुम्बिनी ग्रिन रिसोर्ट लाई “चारतारे होटल”को मान्यता प्रदान

सोमबार, १२ चैत्र २०८०, २२ : ५३
98 Shares

बुटवल । सिद्धार्थ हस्पिटालीटी ग्रुपको व्यावस्थापनमा कपिवस्तुको चन्द्रौटामा संचालमा रहेको लुम्बिनी ग्रिन रिसोर्ट प्रा.लि.लाई पर्यटन विभागले “चारतारे होटल”को मान्यता प्रदान गरेको छ ।। पर्यटन विभागले होटलको स्थलगत अनुगमन तथा निरीक्षण पश्चात यो स्तरउन्नति गरेको हो । ‘लुम्बिनी प्रदेशको कपिलवस्तुमा सञ्चालित उक्त रिसोर्टलाई पर्यटन ऐन अनुसार सबै प्रक्रिया पुरा गरेकोले चारतारे स्तरको होटलमा स्तर बर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ’ पर्यटन विभागले जनाएको छ । कुल २५ विघा क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा २०वटा डिलक्स, ६२ वटा सुपर डिलक्स, २ वटा स्विट रुम गरी जम्मा ८४ वटा कोठाहरु रहेका छन । 

रिसोर्टमा साना ठूला गरी पाँचवटा कन्फ्रेरेन्स हल रहेको छ भने रिसोर्ट संगै वाटर पार्क समेत संचालनमा छ । यस रिसोर्टमा रहेको पोखरीमा मोटरबोट सयर गर्न पाइन्छ भने सोही पोखरीमा होटलको ‘फिस फार्म’ समेत रहेको छ । रिसोर्टमा ज्याकुजी तथा स्पा लगायत सुविधा पनि उपलब्ध छन । रिसोर्टले केही समय पश्चातनै क्यासिनो संचालमा ल्याउन लागेको पनि जाएको छ ।

कपिलवस्तु सिमा नाका भएर आउने भारतीय पर्यटको उच्च संख्या भित्र्याउन सफल यस रिसोर्टले चारतारे स्तरको मान्यता पाएसँगै व्यापारमा थप राम्रो गर्ने आशा गरेको सिद्धार्थ हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।  अहिलेसम्म ७५ जनाले रोजगारी पाएको रिसोर्टमा क्यासिनो सञ्चालन पश्चात झण्डै ३८० जनालाई रोजगारी मिल्ने प्रमुख कार्यकारी अधिकृत न्यौपाने बताउछन । 

रिसोर्टले यसअघि ४४ औं विश्व पर्यटन दिवसको अवसरमा ग्रामीण क्षेत्रमा स्थानीय उत्पादन, स्थानीय रोजगारी एवं एग्रो टुरिजम मार्फत पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएवापत राष्ट्रिय सम्मान समेत पाईसकेको छ । 

यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा यस रिसोर्टले ठूलो भूमिका निर्वाह गर्ने रिसोर्टका अध्यक्ष लक्ष्मण भण्डारीले बताएका छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।