ताजा अपडेट »

तिनाउ नदीमा सतर्कता तह पार : यसरी जलमग्न बन्यो सडक र बजार

शनिबार, १६ असार २०८०, १० : ११
16 Shares

बुटवल । रुपन्देही, पाल्पा लगायत आसपासका जिल्लामा निरन्तरको वर्षासँगै तिनाउ नदीसहित अन्य खहरे खोलाहरुमा बाढीले जलसतह बढेको छ । वर्षासँगै रुपन्देहीका बजार, सडक तथा बस्तीहरु जलमग्न भएका छन् ।

यसैगरी तिनाउ नदीले जलसतह सतर्कता तह पार गरेको बाढी मापन केन्द्रले जनाएको छ । यसैगरि देवदह र तिलोत्तमा सीमामा रहेको रोहिणी खोला, सैनामैना र बुटवलको सीमामा रहेको करेसाघाट खोला, दानव नदी लगायतका खोलामा बाढीले जोखिम बढेको छ ।

बाढी मापदन केन्द्र बुटवलले सुचना जारी गर्दै बुटवलससहित पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भई नदी तथा खोला तटिय क्षेत्रमा बाढीको जोखिम बढेकाले दिउँसो ३ बजेसम्म सचेतना अपनाउन आग्रह गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।