ताजा अपडेट »

मेयर पन्थी र डाक्टर शिवाकोटी सम्मानित

मंगलबार, ०६ चैत्र २०८०, १३ : ५३
300 Shares

गुल्मी । गुल्मी अस्पताल विकास समितिले अस्पतालको स्वास्थ्य सेवा बृद्धिमा उल्लेखनिय भुमिका निभाएको भन्दै रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी र त्यस अस्पतालका डाक्टर प्रदीप शिवाकोटी लगायतलाई मंगलबार सम्मान गरेको छ । 

मंगलबार अस्पतालको अनुगमन मूल्याङ्कन तथा  समिक्षा कार्यक्रममा  मेयर पन्थी र हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डाक्टर शिवाकोटीलाई अस्पताल बिकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डे र प्रमुख अतिथी जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्री, अस्पतालका वरिष्ठ मेसु डाक्टर किशोर बन्जाडेले कदर पत्रका साथ दोसोल्ला ओढाएर सम्मान गरेका थिए ।  मेयर पन्थीले कार्यभार सम्हालेपछि अस्पतालमा डाईलसिस सेवा सञ्चालनमा ल्याएको, हाडजोर्नी, स्त्रीरोग बिशेषज्ञ डाक्टर पालिकाको तर्फबाट ल्याएको लगायतका अस्पतालको सेवा प्रवाह गुणस्तरिय बनाएको बापद सम्मान गरिएको जनस्वास्थ्य निरीक्षक बोम अर्यालले बताए ।

त्यस्तै हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डाक्टर शिवाकोटीले सेवा प्रबाह गर्न थाले देखि त्यस्ता रोगका बिरामीहरु बढेको, जिल्लाबाट पाल्पा बुटवल लगायतका अस्पतालमा रिफर गर्न नपरेको र जुन सुकै बेला पनि शिवाकोटीले सेवा प्रबाह गरेर अस्पतालको श्रीबृद्धिमा उल्लेख्य भूमिका खेलेकोले सम्मान गरिएको अर्यालको भनाई थियो । 

त्यस्तै कार्यक्रममा सिअहेव अधिकृतद्धयः  खिमबहादुर ज्ञवाली र रमेश प्रसाद पन्थी स्टाफ नर्स विन्दु बिश्वकर्मा र कार्यालय सहयोगी देवबहादुर बस्नेतलाई पनि सम्मान गरिएको छ ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार