ताजा अपडेट »

सहकारी ठगी प्रकरण: कार्यादेश बनाउने कार्यदलको बैठक जारी

आइतबार, ०६ जेठ २०८१, १० : ३९
58 Shares
आइतबार, ०६ जेठ २०८१
58 Shares

काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक अहिले जारी रहेको छ ।  बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी रहेको छ । 

शनिबार चार प्रमुख दलको बैठकले संसदीय समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र रास्वपाबाट शिशिर खनाल रहेका छन् । 

कार्यदलले संसदीय समितिको अवधि र छानबिनको दयारा बारे विषय टुंगाउने बताइएको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।