ताजा अपडेट »

चलचित्र पत्रकार संघ रुपन्देहीको ७ औँ वार्षिकोत्सव सोमबार

आइतबार, ०६ जेठ २०८१, १० : ४८
62 Shares
आइतबार, ०६ जेठ २०८१
62 Shares

 

बुटवल। चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ ७ गते आफ्नो ७ औँ वार्षिकोत्सवको अवसर पारेर २ जना चलचित्र पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । अध्यक्ष मोहन न्यौपानेको अध्यक्षतामा गत सोमबार बसेको सङ्घको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । 

सङ्घका सचिव बिकास गौतमले बैठक पश्चात निर्णय सार्बजनिक गर्दै पुरस्कार तथा सम्मानको जानकारी दिएका हुन् । निवर्तमान अध्यक्ष सुमन श्रेष्ठको संयोजकत्वमा गरिएको निर्णयमा उल्लेख गरिए अनुसार पत्रकार एन बी कंडेल चलचित्र पत्रकारिता सम्मान २०८० मार्फत दिवंगत पत्रकार कृष्ण बाबु पाण्डेलाई मरणोपरान्त सम्मान गरिने भएको छ भने नवोदित चलचित्र पत्रकार सम्मान २०८० मार्फत पत्रकार ईन्द्र खत्रीलाई नगद, दोसल्ला र मायाको चिनो सहित सम्मान प्रदान गरिनेछ । पुरस्कार समितिमा श्रेष्ठको संयोजकमा डीबी सुस्लिङ्ग र सन्त कुमार श्रेष्ठ सदस्य रहेका छन्। 

जेठ ७ गते सोमवार योगिकुटी स्थित होटल पौवामा आयोजना गरिने एक विशेष समारोहमा बुटवल कार्यक्षेत्र भएका पत्रकार स्वर्गीय कृष्ण बाबु पाण्डे र पत्रकार  इन्द्र खत्री लाई पुरस्कृत गरिँदै छ । पुरस्कारमा नगद सहित सम्मान पत्र रहेको छ। बुटवलमा ७ बर्ष अघि चलचित्र पत्रकार संघ गठन भई २ कार्यकाल सुमन श्रेष्ठको अध्यक्षतामा अघि बढेको कार्यसमितिमा अहिले मोहन न्यौपानेको नेतृत्व छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।