ताजा अपडेट »

सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

आइतबार, ०६ जेठ २०८१, १० : २२
24 Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभाको बैठक अघि प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्दै छन् । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । सभामुखको सचिवालयका अनुसार आजको संसद बैठक संचालनका लागि सभामुखले छलफल गर्न लागेका हुन् ।

प्रमुख चार दलहरुबीच सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन सहमति भएपछि आजै समितिको कार्यादेश टुंगो लगाउने छलफल जारी रहेको छ । कार्यादेश टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलको बैठक अहिले जारी रहेको छ । कार्यदलले कार्यादेशमा सहमति बनाए आजको संसद बैठक बिना अवरोध बस्ने देखिएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।