ताजा अपडेट »

रुपन्देही–५ मा भरत शाहको अग्रता कायमै, बासुदेव दोस्रो स्थानमा

सोमबार, ०५ मंसिर २०७९, १८ : २३
6 Shares

बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फको जारी मतगणनामा नेपाली काँग्रेसका भरत शाहले अग्रता कायमै राखेका छन् । उनले ४ हजार ९१४ मत गनेर भ्याउँदा १७८८ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरेले १४५९ मत प्राप्त गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा लौरोले ४४५, माइकले ३८१ तथा माछाले १०३ मत प्राप्त गरेको छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।