ताजा अपडेट »

रुपन्देहीको शुद्धोधनमा पहिलो पटक जुत्ता मेला सुरु, बैशाख ०५गते सम्म चल्ने

सोमबार, १९ चैत्र २०८०, ०७ : ४५
196 Shares

बुटवल । नेपालीहरुको नया वर्ष २०८१को अवसर पारेर रुपन्देहीको शुद्धोधनमा “शुद्धोधन जुत्ता मेला” आयोजना गरीएको छ । प्रतिष्ठित नेपाली जुत्ता चप्पल उत्तपादक समुहको आयोजना तथा रिद्धिशिद्धी पार्टी प्यालेस फर्साटिकरको सहकार्यमा यही चैत्र १८गते आईतबार देखि १५ दिने जुत्ता मेलाको आयोना गरीएको हो। “स्वदेशी उत्पादनको प्रयोग गरौ राष्ट्रलाई आत्मनिर्भर बनाऔ” भन्ने नारा सहित नेपालका प्रतिष्ठित पाँचवटा फुटवेयर उत्पादक कम्पनीहरुको संंगलगनता रहेको मेलाको समुदघाटन शुद्धोधन गाँउपालिका प्रमुख बिष्णुप्रसाद बस्यालले गरेका थिए । 

कार्यक्रममा बोल्दै अध्यक्ष बस्यालले शुद्धोधनमा पहिलो पटक जुत्ता चप्पल मेलाको आयोजना भएकोमा खुशी व्यक्त गर्दे आयोजकले मेला आयोजनाका लागि फर्साटिकरलाई रोज्नु भएकोमा धन्यवाद दिए । उनले स्वदेशी उत्पादनको प्रयोगलाई सबैजे जोड दिनु पर्ने बताउदै आफुले पनि जानु अगाडी एक जोर जुत्ता खरिद गर्ने बताए । नेपालमै उत्पादन भएका जुत्ताचप्पलको यस मेलाले यस क्षेत्रका जनताहरु लाभान्वित हुने बताउदै उपस्थित सबैलाई आ–आफ्नो तर्फबाट मेलाको प्रर्वधनमा सहयोग गर्न पनि अनुरोध गरे ।अध्यक्ष बस्यालले मेलाको प्रचारप्रसार गरि जतिसक्दो स्थानिए उपभोक्ता सामु पुर्याउन् उपस्थित सबैलाइ आग्रह समेत गरे ।

3

समुदघाटन कार्यक्रममा बोल्दै मेला संयोजक तथा फुटवेयर म्यानुफयाक्चरर एसोसिएसनका केद्रिय सदस्य चोला प्रसाद पाठकले ठुला शहर मात्र नभई ग्रमिण बजारमा पनि स्वदेशी नेपाली ब्राण्डहरु लाई परिचित गराई नेपाली उत्पादनहरु बिदेशी उत्पादनहरुका तुलनामा मुल्य र गुणस्तरका हिसाबले उत्कृट रहेकाछन भन्ने जानकारी गराउदै नेपाली फुटवेयर ब्राण्डप्रति उपभोक्ताको विश्वास बढाउनु रहेको बताए । 

नेपालमा सरदर वार्षिक १२करोड जोडी जुत्ता चप्पलको खपत रहेको बताउदै नेपाली फुटवेयर उत्पादकले जम्मा ६ करोड जोडी जुत्ताचप्पल मात्र उत्पादन बजारमा पठाउले गरेको बताउदै बाकी जुत्ता चप्पलहरु चोरी पैठारी भएर सिमा नाका बाट भित्रिने गरेको तथा केही मात्रामा तेस्रो मुलुकबाट पनि आयात हुने गरेको बताए ।नेपाली फुटवेयर उत्पादकहरु पुरा संचालनमा अएमा स्वदेशी खपत पुरा गर्दै निकासी समेत गर्न सक्षम रहेको जानकारी दिए ।  कार्यक्रममा फर्साटिकर व्यापार संघका अध्यक्ष हुमाकान्त पाण्डेले शुद्धोधन जस्तो बजारमा जुत्ता चप्पलको मेलाको आयोजना हुनु सुखदरहेको बताउदै यसबाट स्थानियले नेपाली उत्पादनको बारेमा जानकारी पाउनुका साथै उपभोक्ताको रुची समेत बढ्ने बताए । 

कार्यक्रममा बोल्दै बिशिष्ठ अतिथि तथा शुद्धोधन गा.पा. वडानं ४का वडा अध्यक्ष केशव प्रसाद अधिकारीले मेलाबाट शुद्धोधनवासीले मात्र नभई आसपासका पालिकाहरुले समेत लाभ लिने बताए । उनले भने, मेला अयोजनाले समर्ग फर्साटिकर बजारकोनै गरीमा बढाएको बताउदै पालिका बासीले पनि मेला सफल बनाउन सक्दो सहयोग गर्नुपर्ने बताए । आफु पहिले देखिनै नेपाली फुटवेयर ब्राण्डको प्रयोगकर्ता भएको र उत्पादनबाट आफु सन्तुष्ट रहेको बताउदै सबै शुद्धोधन बासिलाई नेपाली उत्पादनलाई मायाँ गरी प्रयोग गरीदिनुहुन समेत अनुरोध गरे।

22f596fa-fa40-4e59-ad79-7577f6afc07b

कार्यक्रममा कार्यक्रममा रिद्धीशिद्धी पार्टी प्यालेसका अध्यक्ष केशव कंडेल, रेब्सा रुपन्देहीका अध्यक्ष लोक शर्मा, फर्साटिकर आमा समुहकी आमा समुहकी उपाध्यक्ष सुनिता थापा, लगाएतले बोलेका थिए । मेलाको ईभेन्ट तथा मिडिया पार्टनर संस्था ग्लोबल मिडियाका ग्रुपका निर्देशक गौतम भुसालले धन्यवाद ज्ञापन गरेको कार्यक्रमलाई स्थाथिय यूवा लिडर तथा विद्यार्थी नेता डि.आर कडेलले सहजीकरण गरेका थिए ।  

कार्यक्रममा लोकप्रिय लोक दोहोरी गायीका समिक्षा गैरैले आŠनो सांङ्गितिक प्रस्तुति समेत दिएकी थिईन । कार्यक्रममा स्थानिय समाजसेवी, राजनितिकर्मी, शिक्षक, बिद्यार्थी लगाएतको उपस्थिति थियो । मेला यहि २०८१ बैशाख ०५ गते सम्म रिद्धीशिद्धी पार्टी प्यालेसको सभाहलमा चल्ने छ । मेलामा रन शुज, स्मार्ट शुज, शु–ल्याण्ड, टुरीष्ट पियू टाईम, शिखर शुज लगाएतका नेपाली ब्राण्ड सहभागी छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।