ताजा अपडेट »

होली मनाइरहेका १७ युवकले कर्णाली पुलबाट हामफाले, एकजना बेपत्ता

मंगलबार, १३ चैत्र २०८०, ०६ : ३०
24 Shares

नेपालगञ्ज । कैलाली र बर्दियालाई जोड्ने चिसापानीस्थित कर्णाली पुलबाट सोमबार पालैपालो १७ जना युवाले हामफाले ।  होली मनाउन पुलमा जम्मा भएको सयौँ जनाको भीडबीच १७ जना पालैपालो कर्णालीमा हामफालेका हुन । त्यसरी हामफालेर कर्णालीमा हेलिएकामध्ये एकजना युवक अहिले बेपत्ता भएका छन्। । कर्णालीमा जोशिएर हामफालेका युवकहरू होली मनाउँदै चिसापानी पुलमा पुगेका थिए । 

होली पर्वको रमाइलोबीच १५ जना युवकले पहिले नै हामफालिसकेका थिए । केही सेकेन्डको बीचमा १६ औँ नम्बरमा अर्का युवकले हामफाले । अगाडि हामफालेका युवकहरू कर्णालीमा हेलिँदै किनारतिर अघि बढिरहँदा १६ औँ नम्बरका ती युवक हामफालेलगत्तै डुब्न पुगे । कर्णालीको पुलमाथि वारिपारि जम्मा भएर हेरिरहेकाहरू ती युवक डुबिरहेको देखेर आत्तिए ।

212121

ती युवक डुबिरहेको दृश्य कैलालीकी पत्रकार इन्दु केसीले कैद गरिरहेकी थिइन उनले कैद गरेको भिडिओमा ती युवक हेर्दा हेर्दै कर्णालीमा बिलाउन पुगको देखिन्छ । आँखैअगाडि यसरी हाम फालेको देखियो, हाफफालेका १७ जनामध्ये एक जना बेपत्ता भएु, इन्दुले पछुतो मान्दै सामाजिक सञ्जालमा भिडिओ पोस्ट गरेर भनेकी छन, प्रत्यक्षदर्शी भएर म पनि रमिता हेर्ने जमातमा परे । हामफाल्दैछ्न भन्ने थाहा पाउनेबित्तिकै प्रहरिलाई खबर गर्छु भन्ने सोच्दा सोच्दै हामफाले । समयमा खबर गरेको भए सायद घटना हुने थिएन कि ।

तत्कालै किनारमा रहेका दुईवटा डुंगा ती युवकको खोजीमा नदीमा हेलिए । तर डुबिसकेका ती युवकलाई डुंगा चालहरूले भेट्टाउन सकेनन्। । उनी अगाडि हामफालेका १५ जना र उनीभन्दा पछि हामफालेका एकजना युवक कर्णालीमा हेलिँदै किनारमा निस्किए । तर उनी कर्णालीमा हामफालेलगत्तै डुबेर बेपत्ता भएका छन ।

यसरी अन्य साथीहरूसँगै कर्णालीमा हामफालेर बेपत्ता भएका युवक कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही हुन । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले हामफालेका १७ मध्ये लोकेन्द्र कर्णालीमा डुबेर बेपत्ता भएको पुष्टि गरेका छन । बेपत्ता भएका लोकेन्द्रको डुंगासहित सुरक्षाकर्मी परिचालन गरेर खोजी भइरहेको छ,  उनले भने, तर अहिलेसम्म उनको अवस्था खुलेको छैन ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।