ताजा अपडेट »

परिवर्तन चाहने हो भने मतको उचित सदुपयोग गरौं

सोमबार, ०७ कार्तिक २०७९, १७ : ०८
6 Shares

बुटवल । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिँदै छ मंसिर ४ मा हुने निर्वाचनका लागि नेताहरु गाउँ देखि शहरमा जताततै घरदैलो कार्यक्रमहरु वृृहत रुपमा अगाडि बढाएका छन्। जति निर्वाचनको मिति नजिकिँदै छ नेताहरुले जनता माझ बाड्ने विकास र परिवर्तनका आश्वासनहरू तिव्र रुपमा बढ्दै गएका छन् ।

जनताको अभिमत कसरी हुन्छ आ आफ्नो कोल्टामा पार्न नेताहरुलाई अहिले भ्याई–नभ्याई छ,। जसले हिजो पनि तीनै आश्वासन बाँडेर चुनाव जिते आज पनि तिनै आश्वासनमा छन समय परिवर्तन कति धेरै भैसक्यो तर हिजो त्यही ठाउँबाट चुनाव जितेर जाँदा त्यो ठाउको जुन अवस्था थियो आज पनि त्यही अवस्थामा छ यसको हेक्का आम जनताले नराखे सम्म जति चुनाव आएपनि देशको हालतमा कुनैपनि उल्लेखित परिवर्तन हुने छैनन्।

जब चुनाव आउँछ नेता जनताको घर–घरमा आश्वासन प्रलोभन पनि साथ साथमा लिएर लाउँछन्, जब चुनाव सकिन्छ नेताहरुको नत फर्किएर जनताको घर दैलोमा फेरि पुग्छन् नत गरेका वाचा आश्वासन केही पूरा गर्छन् । यस्तै भैरहेको छ विगतका धेरै वर्षदेखि यता पैसा खन्याएर चुनाव जित्छन अनि चुनाव पछि त्यही पैसा असुल्नको निम्ति विकासको लागि आएको बजेटमा भष्ट्रचार गर्दछन्। चुनावमा खटिएका आफ्ना कार्यकर्तालाई पाल्न र अर्को चुनाव को लागि पैसा जम्मा गर्दा गर्दै उनिहरुको कार्याकाल सकिन्छ, र फेरि जसो–तसो टिकट बोकेर फेरि हामी नागरिक माझ आउँछन् ।

हामी जनता भने निर्लज्जता साथ तिनै नेताहरुको ओकालत गर्दै हिँड्छौँ अनी हामी खोज्छौं देश परिवर्तन भएको अनी तिनै नेतालाई गाली गर्छौं जस्लाई विगतदेखि पटक–पटक चुनाव जिताएर पठायांै र अहिलेपनि तिनै को अघि पछि लागिरहेका छौं । अनी कसरी हुन्छ विकास ? अब ती नेताहरुबाट कुनै परिवर्तन हुनेवाला छैन अब हामी आम नागरिक नै परिवर्तन हुने बेला आएको छ।

हामी नागरिकहरू पनि जन्मजातै लिएर आए जस्तो गर्छौं सुर्य र रुख सधैं यिनिहरु मात्र भोट किन रु यो पटक बाबु बाजेको पालादेखि चल्दै आएकोे राजनीतिलाई बदल्न सक्ने सामथर््य हामी नागरिकले राख्नु पर्ने बेला आएको छ। देश परिवर्तन न रुख ले गर्यौ न सुर्य गर्यो नत हँसिया हथौडाले गर्यौं, अब देश परिवर्तन त सक्षम नेताहरु मात्र गर्दछन्। यो देशलाई माया गर्ने आम सर्वसाधारण नागरिक लागि राजनीति गर्ने व्यक्ति ले मात्र गर्दछ। त्यसैले हामीहरू पैसा र शक्तिको पछाडि लागेर विगतका धेरै चुनावहरू खेर फाल्यांै अब खेर फाल्ने छुट तपाईं हामीलाई छैन, त्यसैले जो हिजो ‘टेस्टेड’ भैसके असक्षमता टिका लगाई सके पटक पटक चुनाव जितेर पनि आम नागरिक जनजिविकाको सवालमा केही गर्न सकेनन् । अझ भनांै नागरिकका आधारभूत आवश्यकता स्वास्थ्य शिक्षा रोजगार गास बास कपास को लागि केही गर्नौ सकेनन् फेरि तिनै निकम्मा नेताहरुलाई भोट किन?

अहिलेका नेताहरु को बोलीमा केही विश्वास छैन जनतालाई कसरी हुन्छ आफ्नो खेमामा पार्ने साम दाम दण्ड भेद सबै प्रयोग गर्ने सक्ने सीप ती नेताहरुमा छ किनकी हामी नेपाली जनताहरु धेरै सस्तो भएका छौं । ती नेताहरु जे चाहन्छन् जस्तो चाहान्छन् हामी त्यस्तै भैसकेका छौ यो दुखत कुरा हो। जनता ले चाहे जस्तो नेता हुनु साटो नेताले चाहेको जस्तो जनता हुन पुगेको छौं । कति गम्भीर कुरा हो यसलाई हामी नागरिकले आत्मसात गर्ने पर्ने समय आएको छ। नागरिकका सबै समस्या समाधान गर्ने मसिया मै हो भन्ने किसिमका अभिव्यक्ति दिँदै हिँडेका छन् ठाउँमा–ठाउँमा ति प्रयोग भैसकेका नेताहरु, तिनै हुन जो चुनाव पछि गाउँ नफर्किएका गाउको दुखमा साथ दिन नसक्नेहरू अहिले दुई हात जोड्दै प्रत्येक घरमा–घरमा पुगेका छन् । अब तिनै नेतालाई हामी ले प्रश्न गर्न बेला आएको छ। हिजो दिएको भोट को कुन हदसम्म सदुपयोग भयो दिएका आश्वासन कति पूरा भए के साच्चै परिवर्तन गरे त एकपटक सोच्यौं ।

हामी नागरिक पनि यथास्थितिवादी जस्तै भैसकेका छौं । हामीले आफ्नो मत अधिकार प्रयोग त गर्छौं। तर, आफ्नो मतलाई नयाँ उम्मेदवार र काम गर्न सक्छु भनेर उठेका नयाँ अनुहारलाई हामी पत्याउँदैनौ, हामी नागरिक पनि कस्ता भैसक्यो भने कुनैपनि पार्टीमा गैसकेपछि आजिवन सदस्य जस्तै भैसक्यो आफ्नो पार्टीले जस्तो सुकै उम्मेदवार मैदानमा उतारेपनि हामी उसैलाई समर्थन गर्छौं, चाहे त्यो पटक पटक जितेर पनि केही गर्न नसकेको होस खाली आफ्ना कार्यकर्ता पोस्न र भष्ट्राचारी संरक्षण गर्ने साथ दिने विकास निर्माणको नाममा बर्मलुट गर्ने काम भन्दा कुरा बढी गर्ने खालको नेताहरुलाई मात्र हामी छाती पिटेर उसैलाई जिताउनको लागि अगाडि बढ्छौं केवल दुई चार पैसा लोभमा। अहिले देखिने केही पुराना नेता कहिले परिवर्तन हुने वाला छैनन्।

हिजो जितेर गए अब पनि जितेर जान्छन् केही पनि गर्ने होईनन ढुक्क हुँदा हुन्छ । हामी नागरिक कहिले परिवर्तन हुने हामी परिवर्तन नभएसम्म हाम्रो गाउँ समाज र देश परिवर्तन हुने छैन। संसार कहाँ पुगिसक्यो विकासको सवालमा हिजो भोकमरी लागेर हाम्रो देशले सहयोग गरेका देश अहिले काहाँ छन् हाम्रो हाम्रो देश कहाँ छ हिजो भन्दा आज हाम्रो देशको अवस्था बिग्रँदै गएको छ। गाउँ गाउँमा मानिसहरू बस्न छोडिसके किनकी नेताहरु गाउँमा विकासका उचित पूर्वाधार हरू विकास गर्न सकेनन् विकासको नाममा जहिले भष्ट्राचार मात्र गरे गाउँमा विकासको नाममा खाली बाटो मात्र खोनेको देखिन्छ, डोजर मात्र चलाएर विकास हँुदैन दिर्घकालिन विकासका संरचना बनाउनु को साटो क्षणिक समय र केही आफ्ना कार्यकर्ताको भलोका निम्ति मात्र विकासका योजनाहरू पारेको देखिन्छ। यो समस्या नेपाल भरी जता–ततै छ के शहर के गाउँ विकासको नाममा राज्यको धुकुटी स्वाह मात्र भएको अवस्था छ।

बिसौ वर्षदेखि एउटै चुनावी क्षेत्र बाट चुनाव जित्दा पनि त्यो क्षेत्रमा न्यूनतम आधारभुत आवश्यकता त पूरा गर्न नसक्ने ति कथित नेताहरुलाई अहिले किन भोट जुन क्षेत्रमा दुई दशक भन्दा बढी सासन गरेका माननिय हरू राज्य को उपल्लो दर्जामा पुग्दा समेत त्यस क्षेत्रका जनताको लागि केही गर्न नसक्ने नेताहरुलाई यो पटक साइट लगाउने बेला आएको छ।जुन क्षेत्रका जनताको आसा भरोसा र मत लिएर राज्यको उपल्लो निकायमा पुग्दा समेत त्यो ठाउँका जनताले स्वास्थ्य,शिक्षा, रोजगार यातयात, सडक खानेपानी लगाएतका आधारभूत आवश्यकता पनि केही परिवर्तन आउँदैन जहिले विकासको नाममा आफ्ना कार्यकर्ताहरू पोस्ने काम गरिन्छ, ग्रामिण क्षेत्रको विकास गर्न लागि चुनाव जित्नु साटो मात्र चुनाव जित्न लागि मात्र राजनीति गर्न त्यस्ता नेताहरूलाई यो चुनावबाट साइड लगाउने जिम्मा आम नागरिक को । अहिले लगभग धेरै जसो ठाउँमा नयाँ अनुहार चुनाव लड्दैछन् तिनिहरु लाई साथ दिनै पर्छ ।

जो प्रयोग भैसके तिनिहरु अब पुनः प्रयोग गर्ने लाएकका छैनन् तिनीहरुलाई यो पटक चुनावबाट विश्राम दिने बेला आएको छ । आम नागरिकमा परिवर्तन नआएसम्म टेस्टेट नेताहरुमा परिवर्तन आउने छैन । देशमा केही उत्पादन हुन छोड्यो देशमा उत्पादन हुन्छ खाली बेरोजगारी निर्यात गर्ने केही चिज छैन सबै चिज विदेशवाट आयात गर्नुपर्ने बेला आएको छ , कृषि प्रधान देश हाम्रो कृषि कर्म गरिराखेका नागरिकलाई राज्यले हेर्दैन जताततै बेथिति मात्र छ । देशमा केही चिज उत्पादन नभएपछि महङ्गीले आकास छोई सक्यो, देशको मेरूदण्ड आर्थिक रूपमा सम्पन्न हुनु हो, यो बिकृत राजनीतिले गर्दा देश र जनताको हालत दिनानुदिन कमजोर भैरहेको छ। देशमा कल कारखाना केही छैन केही कलकारखाना चलेपनि तिनिहरु पनि बन्द हुने अवस्थामा छन् ।

वैदेशिक ऋण दिनका दिन बढ्दै छ अस्थिर राजनीति र भष्ट्रचारी नेताले गर्दा देशमा सियो समेत भारतबाट ल्याउनु पर्ने बेला आएको छ। बेरोजगारी समस्या गर्दा दिनानुदिन हजारौं युवा देशको माया मुटु मा राखेर विदेशमा श्रम बेच्न बाध्य छन् , युवा जनशक्ति देशमा नहुनु भनेको देशको दुरगति नहुनु हो, जुन नेता पटक पटक चुनाव जितेर सत्तामा गए रोजगार दिन त सकेनन् कमसेकम नागरिकलाई आफ्नै देशमा काम गरेर खान दिने वातावरण बनाउन समेत सकेनन् भने त्यस्ता नेतालाई भोट किन बेलैमा सोच्यौं चुनाव आउन अझै केही दिन बाँकी छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।