ताजा अपडेट »

प्रभु लाइफ इन्सुरेन्सको बुटवलमा शाखा

बुधबार, २३ माघ २०७५, ११ : ३१
6 Shares

माघ २३,

ग्लोबल आवाज
बुटवल । विगत २५ वर्षदेखि वित्तिय क्षेत्रमा छुुट्टै पहिचान बनाउँदै आएको प्रभु प्रतिष्ठानले बिमा क्षेत्रमा पनि अग्रसर हुुनकालागि प्रभु लाइफ इन्सुरेन्सको बुटवलमा शाखा कार्यालय स्थापना गरेको छ ।


राजमार्ग चौराहामा स्थापना गरिएको शाखा कार्यालयको बुधबार एक कार्यक्रमका बीच इन्सुरेन्सका अध्यक्ष डा.आत्मराम घिमिरेले उद्घाटन गरे । सो अवसरमा उनले बिमालाई व्यवसायका रुपमा नभई सामाजिक सेवाको माध्यमका रुपमा गाउँ–गाउँमा पुु¥याउने बताए । अध्यक्ष घिमिरेले प्रभु प्रतिष्ठानका अन्य कम्पनीले जस्तै बिमा कम्पनीले पनि सेवाग्राहीको मन जित्ने विश्वास व्यक्त गरे ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले नेपालमा बिमासम्बन्धी जनचेतना जगाई ५ बर्षमा १०० भन्दा बढी शाखा स्थापना गर्ने लक्ष्य रहेको बताए । प्रभुले श्रीबृद्धि जीवन बिमा र बालबच्चा जीवन लगाएत विभिन्न पृथक र प्रभावकारी योजना ल्याएको उनले बताए ।


बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष अनिल प्रसाद श्रेष्ठले बिमाले आर्थिक चलायमान गराउने बताउँदै सुरक्षालाई महत्व दिनुुपर्ने बताए । कार्यक्रममा कम्पनीका शाखा प्रमुख प्रकाश अधिकारी, बरिष्ठ अभिकर्ता शोभाखर बञ्जाडे लगाएतले बिमा बारे आफ्ना भनाई राखेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।