ताजा अपडेट »

तिलोत्तमाको मोटरसाइकल दुर्घटनामा बुटवलका साइमनले गुमाए ज्यान

शनिबार, १५ असोज २०७९, ११ : ३४
74 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी शुक्रबार राति बुटवल उपमहानगरका एक युवाले ज्यान गुमाएका छन् । सिद्धार्थ राजमार्ग अन्तरगत तिलोत्तमास्थित ड्राइभरटोल नजिकै रातको करिब पौने ११ बजे मोटरसाइकल दुर्घटना हुँदा बुटवल शुख्खानगरका २३ वर्षीय सायमन मल्लले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलबाट भैरहवातर्फ जाने क्रममा आफै अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार मल्ल गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल लगेपनि अस्पतालले मृत घोषणा गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।