ताजा अपडेट »

इस्माले दुना–टपरी उद्योग सञ्चालन गर्ने

विहीबार, १६ असार २०७९, १८ : २३
12 Shares

गुल्मी। गुल्मीको इस्मा गाउँपालिकाले स्थानीय महिला तथा बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यका साथ दुना–टपरी उद्योग सञ्चालन गर्ने भएको छ । पदभारग्रहण गर्दा पालिका प्रम्ुख भगतसिंह खड्काले गरेका पहिलो निर्णय अन्तर्गत दुना–टपरी उद्योग सञ्चालन गर्न लागिएको र हालै सम्पन्न गाउँसभाबाट पनि पारित भएको इस्मा गाउँपालिका उपाध्यक्ष तथा प्रबक्ता पार्वती कुँवरले जानकारी दिईन ।

उनका अनुसार पालिकाको ८० प्रतिशत र समुदायको २० प्रतिशत लगानीमा दुना–टपरी उद्योग सञ्चालन गरिने भएको हो । तत्काल मेशिन खरिद गर्नका लागि गाउँसभाबाट ३ लाख रुपैयाँ बजेट विनियोजन समेत गरिएको उनले बताईन् । पुर्ववर्ति इस्मा गाउँपालिका सरकारले कोदो खेतीलाई उद्योगका रुपमा विकास गर्ने घोषणा गरेको थियो र काम पनि थालेको थियो तर खासै सफल भएको पाइर्एन , कतै दुना–टपरी उद्योगको अवस्था पनि उस्तै हुने हो कि ? भन्ने प्रश्नमा उपाध्यक्ष कुँवरले त्यस्तो नहुने दावी गरिन् ।

उनले भनिन्–‘ हामी कहाँ प्रशस्त सालका पात , चिउरी, भटुक लगायतका पातहरु प्रशस्त पाईन्छन् । जुन पातहरु दिदी वहिनीहरुले डोकोमा बोकेर सदरमुकाम तम्घास सम्म बेच्न जानु ह्ुन्छ र दुना–टपरीको माग पनि शहर बजारका ठुला–ठुला होटल– रेष्टुरेण्टहरुमा बढ्दो छ । त्यस्तै हाम्रो ग्रामिण समाजमाा विवाह वा अन्य विभिन्न कार्यमा भोेज–भतेरका लागि दुना–टपरीकै प्रयोग हुने र त्यसको बेग्लै महत्व हुने परम्परा थियो । तर अहिले हराएको छ ।

शहरमा दुना टपरीका बढ्दो महिमा तर गाउँका मानिसहरुले तिनै दुना टपरी छाडेर प्लाष्टिकका चम्चा प्लेटहरुमा खर्चेर रकम बाहिर गएको छ । त्यसलाई रोक्न पनि दुना टपरी उद्योग आबश्यक छ र सफल हुन्छ भन्ने कुरामा हामी बिश्वस्त छौं ।’ उनले जिल्ला भित्रै दुना टपरीको बजारिकरणको ब्यवस्थाका लागि विभिन्न पालिकाहरु संग मौखिक समझदारी गरिएकोले पनि बजारको कुनै समस्या नपर्ने दावी गरिन् । त्यस्तै इस्मा गाउँपालिकाले युवा स्वरोजगार कोषको पनि स्थापना गरि रोजगारीका विभिन्न माध्यामहरु गाउँसभाले अगाडी सारेको प्रबक्ता कुँवरले बताईन ।

इस्मा गाउँपालिकाले अर्को एउटा महत्वपुर्ण बिषयका रुपमा ५५ बर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक ५ सयका दरले सामाजिक सुरक्षा भत्ता दिने निर्णय पनि गाउँसभाबाट पारित गरेको छ । इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काका अनुसार आर्थिक बर्ष २०७९/०८० का लागि त्यस गाउँपालिकाले कुल ४६ करोड ५६ लाख २६ हजार विनियोजन गरेको छ । -फाइल तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।