२१ माघ २०७९, शनिबार

Feb 4, 2023

बुटवल । करिब २ महिना अघि शंकास्पद मृत्यु भएको भनिएकी तिलोत्तमा नगरपालिका जानकीनगरकी अमृता खत्री टण्डनको अन्त्येष्टि गर्न पाउनु पर्ने भन्दै माइतीपक्ष र अधिकारकर्मी संस्था बिरुद्ध रिट दायर भएको छ। गत चैत्र २९ गते राति लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी अमृताको झण्डै दुई महिना हुदा पनि अन्तेष्टि हुन सकेको छैन्। अमृतको शव अहिले पनि लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।

Advertisement

यता अमृताको घर पक्षले भने आफुहरुको ज्यु ज्यानको असुरक्षा भएको र आफ्नो परिवारको सदस्यको दुःखद मृत्यु हुँदा पनि कुलधर्म संस्कार अनुसार अन्त्येष्टि गर्न अवरोध भएको भन्दै टण्डन परिवारले उच्च अदालत तुल्सीपुरको बुटवल ईजलासमा रिट दायर गरेका छन्।

टण्डन परिवारले ईलाका प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय रुपन्देही, जिल्ला प्रशासन कार्यालय रुपन्देही मेचिमहाकाली बुहारी अभियान र अमृता को माईति पक्षलाई बिपक्षी बनाएर दायर गरेको रिटमा बिपक्षीहरुले मानवअधिकारको हनन गरेको, अन्तेष्टिमा अवरोध गरेको र आफ्नै घरमा बस्न समेत असुरक्षित भएको उल्लेख गरेका छन्।

मृत्यभए देखिनै आन्दोलनमा उत्रिएको अमृताको माईती पक्षको सहमतीमा मृत्यु भएको ५ दिनका दिन पोष्टमार्टम भएको भएपनि उनको अन्तेष्टि हुन सकेको छैन। अमृतको मृत्यु संकास्पद भन्दै माईति पक्षले श्रीमान प्रेम टण्डन र उनका बुवा टहलसिंह टण्डन र आमा दिपा टण्डनलाई ज्यान मार्ने उद्योगमा जाहेरी दिएर दवावका लागि भन्दै सडक आन्दोलनमा उत्रिएका थिए।

अमृताको मृत्यु भएसंगै रुपन्देही र यसआसपासका मात्रै नभएर देशका बिभिन्न स्थानका क्रियाशिल रहेका महिला अधिकारकर्मीहरुले न्यायको लागि भन्दै सडक आन्दोलन समेत गरेका थिए। अहिले अमृताको माईती पक्षको आन्दोलन केही मत्थर भएको जस्तो देखिएपनि अन्तेष्टि गर्ने तर्फ चासो नदेखाएकोले पनि दाहसंस्कारमा अन्यौलता बढाएको स्थानीय प्रशासनले जनाएको छ।

माइती पक्षको माग बमोजिम घटनाको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान टोलीले गरेको र त्यसैका आधारमा जिल्ला अदालतबाट थुनछेक बहस समेत भई अदालतले आदेश गरी सकेको अवस्था भएकोले अन्तेष्टी गर्ने बिषयमा सघाउदा राम्रो हुन्थ्यो ईलाका प्रहरी कार्यालय बुटवलका निमित्त प्रमुख प्रहरी निरिक्षक सन्तोष घिमिरेले बताए ।

जिल्ला अदालत रुपन्देहीले श्रीमान प्रेम टण्डनलाई पुर्पक्षको लागि थुनामा पठाएको भएपनि प्रमाण नपुगेको भन्दै मृतकका सासु दिपा टण्डन र ससुरा टहलसिंह टंण्डन दुवैलाई रिहागरेपछि माईति पक्षले असन्तुष्टि जनाएका कारण अन्तेष्टी अझै अनिश्चित जस्तै भएको छ।

प्रतिकृया दिनुहोस्

Flash News

संघीयताको मर्म अनुसार काम गर्छु: मुख्यमन्त्री गिरी गुल्मी जिल्ला समाज युकेद्वारा अपाङ्ग असहायहरुलाई सहयोग बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा अर्थमन्त्री पौडेललाई नगर प्रमुख यादवको ध्यानाकर्षण, रामग्राम स्तुपको गुरुयोजना कार्यान्वयनमा ल्याउने प्रतिवद्धता सामुदायिक विद्यालयमा विद्यार्थी उपस्थिती बढाउन प्रति विद्यार्थी दैनिक दश रुपैयाँ रास्वपालाई गृह मन्त्रालय दिने नदिने वारेमा माओवादीले निर्णय लिदैँ गठबन्धनमा समस्या पछि बिपक्षी दल बोल्न थाले, माधव नेपालले प्रचण्ड सरकारको भविश्यमा प्रश्न उठाए राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिन्छः प्रधानमन्त्री बिपक्षी दलवाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन, बैठक भोली पनि बस्ने जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछः स्वास्थ्य मन्त्री पाल्पामा सडक दुर्घटनामा परी आमा छोराको मृत्यु राष्ट्रियसभा उपाध्यक्ष चयनः बिपक्षी दलको बैठकवाट माधव नेपाल निस्किए प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता, उच्चस्तरीय संयन्त्रको बैठक अझै अनिर्णित लहिया, आइसीपी निर्माणको काम छिटो अगाडि बढाउने अर्थमन्त्री पौडेलको भनाई किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण एक दिन एउटा प्रकाशसँग अर्को दिन अर्को प्रकाशसँग विवाह भएपछि… वडाले जग्गा लिजमा लिएर किसानलाई दिने लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइँदै रुपन्देहीमा पूर्वाधार निर्माणसँगै दुर्घटना पनि बढ्यो, तिलोत्तमा सडकमा बढी दुर्घटना पटक-पटक स्थगित दुँदै आएको माओवादी स्थायी समिति बैठक अपरान्ह १ बजे बस्दै