ताजा अपडेट »

१५ वर्षीया किशोरी बलात्कृत

मंगलबार, २७ बैशाख २०७९, १४ : २३
16 Shares

उदयपुर । उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा बेलका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैंशाख ७ गते साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका–६ फक्टपुरबाट पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।