ताजा अपडेट »

तेल प्रशोधन केन्द्रमा विस्फोट, कम्तीमा १०० जनाको मृत्यु

आइतबार, ११ बैशाख २०७९, ०८ : ३९
25 Shares

कानो । दक्षिणी नाइजेरियामा एउटा अवैध तेल प्रशोधन केन्द्रमा विस्फोटपछि दर्जनौँ मानिसको मृत्यु भएको आशंका गरिएको एक गैरसरकारी संस्थाले जनाएको छ । 
तेल प्रशोधन केन्द्रमा विस्फोट भएको प्रहरीले पुष्टि गरेको छ तर हताहतको विवरण भने दिइएको छैन ।

‘पहिचान नखुल्ने गरी जलेका धेरै शवहरू भुइँमा छरपस्ट छन् । कोही मानिस रुखका हाँगामा झुन्डिएका देखिन्छन् । उनीहरू सुरक्षाका लागि दौडिने क्रममा विस्फोटमा परेका हुन सक्छन् ’, युवा तथा वातावरणीय एड्भोकेसी सेन्टर (वाईइएसी) का कार्यकारी निर्देशक फाइनेफेस डुम्नानेले भने । 

विस्फोटमा कम्तीमा एक सय जनाको मृत्यु भएको हुन सक्ने स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । अवैध प्रशोधन केन्द्रमा शुक्रबार अबेर राति सञ्चालक र उनीहरूका संरक्षकहरू व्यवसायका लागि भेला भएका ठाउँमा विस्फोट भएको प्रहरीले जनाएको छ ।- एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।