ताजा अपडेट »

बंगलादेशमा आगलागीमा परेर ४३ जनाको मृत्यु

शुक्रबार, १८ फागुन २०८०, १३ : १०
74 Shares

काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित एक भवनमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ । बिहीबार राति भएको आगलागीमा परेर मृत्यु भएका ४३ जनामध्य ३३ जनाको ढाका मेडिकल कलेजमा उपचारका क्रममा र १० जनाको ढाकाकै आगलागीको उपचार केन्द्रमा मृत्यु भएको हो ।

आगलागीमा परेका ७५ जनाको जीवितै उद्धार गरिएको छ  । लत्ताकपडाकादेखि रेष्टुरेन्टहरू रहेको सो भवनमा ग्यासको चुहावटबाट आगो लागेको अनुमान गरिए पनि कारण भने स्पष्ट खुलिसकेको छैन ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।