ताजा अपडेट »

पेरिस ओलम्पिक खेलको सुरक्षा योजना भएको झोला चोरी : नयाँ योजना बनाउन फ्रान्स बाध्य

विहीबार, १७ फागुन २०८०, ०८ : १७
36 Shares

पेरिस । पेरिस ओलम्पिक खेलहरू जुलाई २६ देखि अगस्ट ११ सम्म आयोजना हुदैँछ, जसका लागि फ्रान्समा तिब्रताका साथ दिनरात गरी काम भइरहेको छ । यसैबीच सोही सन्दर्भमा एउटा खबरले सबैलाई चकित बनाएको छ किनभने सो ओलम्पिक सुरक्षाको गोप्य योजना रहेको सामाग्रीसहितको कम्प्युटर हराएको (चोरी) भएको छ ।

वास्तवमा, पेरिस ओलम्पिक खेलहरूको लागि पुलिस सुरक्षा योजनाहरूसँग सम्बन्धित दुई युएसबी मेमोरी स्टिकहरू भएको कम्प्युटर र एउटा झोला राजधानीको गारे डु नोर्ड स्टेशनको रेलबाट चोरी भएको छ । जुन खबरले सबैलाई स्तब्ध बनाएको छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले उक्त झोला पेरिस सिटी हलका इन्जिनियरको भएको बताएको बीएफएम टेलिभिजनको रिपोर्टको पुष्टि गरेको छ । ती इन्जिनियरले झोला आफ्नो सिट माथि लगेज कम्पार्टमेन्टमा राखेको थिए तर यसैबिचमा इन्जिनियरको ट्रेन ढिलो भएको भन्दै ट्रेन परिवर्तन गर्ने निर्णय गरे । सोही क्रममा उनले यो थाहा पाए आफ्नो झोला आफूसँग नभएको र पुरानै ट्रे्नमा छुटेको छ ।

यस विषयमा, इन्जिनियरले आफ्नो कामको कम्प्युटर र दुईवटा यूएसबी स्टिकमा संवेदनशील डाटा समावेश गरेको बताए । उनका अनुसार विशेष गरी ओलम्पिकलाई सुरक्षित गर्ने नगरपालिका प्रहरीको योजना त्यसमा समावेश रहेको थियो । हाल प्रहरीले यस घटनाका बारेमा अनुसन्धान गरिरहेको छ । जानकारीका अनुसार क्षेत्रीय यातायात प्रहरीले अनुसन्धान गरिरहेको छ । जुलाई २६ बाट सुरु हुने ओलम्पिकका लागि हरेक दिन करिब ३५ हजार सुरक्षाकर्मी खेलकुदका क्रममा दुई हजार नगरपालिका प्रहरी खटाइदै थियो ।

सो गोप्य सुरक्षा योजनासहितको कम्प्युटर र युएसवी मेमोरी कार्ड हराए पछि फ्रान्सले नयाँ सुरक्षा योजना बनाउन बाध्य भएको छ । फ्रान्सेली समाचार संस्थाहरूका अनुसार हाल फ्रान्स सरकार र नगरपालिका मिलेर नयाँ सुरक्षा योजना बनाइरहेका छन् ।
 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।