ताजा अपडेट »

वैशाख ६ र ७ गते रुपन्देहीसहित देशभर भिटामिन 'ए' र जुकाको औषधि खुवाइने

सोमबार, ०५ बैशाख २०७९, १३ : ४८
24 Shares

काठमाडौँ गते । सरकारले यही वैशाख ६ र ७ गते रुपन्देहीसहित भिटामिन 'ए' र जुकाको औषधि खुवाउने भएको छ ।

छ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको हो । राष्ट्रिय भिटामिन 'ए' कार्यक्रम तथा जुकाको औषधि खुवाउने कार्यक्रम अन्तरगत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको हो ।

सरकारले फागुन र चैतमा हात्तिपाइले रोग निवारण कार्यक्रम संचालन भएका जिल्लाहरुमा दुई वर्ष माथिका बालबालिकाहरुले जुकाको औषधि खाएको हुनसक्ने भएकाले ती जिल्लामा बालबालिकालाई सोधेर मात्रै जुकाको औषधि खुवाउन निर्देशन दिएको छ ।

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिन 'ए' र २०५८ सालदेखि जुकाको औषधि वर्षमा दुई पटक बालबालिकालाई खुवाउने गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।