ताजा अपडेट »

१० औँ दानापुर ताल महोत्सव सकियो, उपाधि मकवानीलाई

आइतबार, २० माघ २०७५, ०९ : २३
12 Shares

२० माघ,
सैनामैना । कञ्चन गाउँपालिकमा अवस्थित श्री समयमाई सामुदायिक बन उपभोक्ता समुहको आयोजनामा संचालित १० औँ दानापुर ताल महोत्सव सकिएको छ । वन वन्यजन्तु,सिमसार तथा पर्यापर्यटन क्षेत्रको उत्थान,राष्ट्र निर्माण,समृद्धि र पहिचान भन्ने नारासहित गत १३ गते देखी सुरु भएको महोत्सव शनिबार एक समारोहका बिच समापन गरिएको हो ।


समापन समारोहलाई सम्बोधन गर्दै कन्चन गाउँपलिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले आगामी बर्षहरुमा गाउपालिकाकै गरिमाको रुपमा संचालित महोत्सबलाइ अझ परिस्कृत र ब्यबस्थित रुपमा संचालन गर्न गाउपालिकाले सहयोग गर्ने बताउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका क्षेत्रीले दानापुर तालको पर्यटन प्रर्वद्धनका लागि निश्चित गुरुयोजना बनाउने कार्यहरु भईरहेको बताउँदै यस क्षेत्रमा पर्यटक भित्रयाउनका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।


सो अवसरमा डिभिजन बन कार्यालय रुपन्देहीका अध्यक्ष भरत बहादुर श्रेष्ठ,वडा नं १ का वडाध्यक्ष हरिनारायण चौधरी, सैनामैना व्यापार संघका महासचिव देवराज पौडेल,डिभिजन कार्यालय रुपन्देहीका सहायक बन अधिकृत अभिमन्यु के.सी,सामुदायिक बनहरुको तर्फबाट नमुना सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष ओम बहादुर थापा लगायतले बोल्दै देशको महत्वपुर्ण पर्यटकीय स्थलको रुपमा परिचित दानापुर ताललाई सबै माझ परिचित गराउन प्रचार प्रसारमा जोड दिनुपर्ने बताउनुभएको छ । उहाँहरुले पर्यटकहरुलाई आकर्षण बनाउन तालको सुन्दरतालाई बचाई राख्न कञ्चनबासीले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो ।


संस्थाका अध्यक्ष मीन बहादुर थापाले १ हत्ते ताल महोत्सवले कन्चनको विकाशका लागि ठुलो योगदान पुर्याएको उल्लेख गर्नुभयो । उहाँले मेलामा दर्शकको सहभागिता उत्साहजनक रहेको भन्दै आर्थिक क्षेत्रमा समेत ठुलो टेवा पुगेको बताउनुभयो । थापाले मेला संचालनका लागि विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।


शनिबार लोक तथा दोहोरी गायक लक्षमण खड्का,लोक तथा दोहोरी गायक बालचन्द्र बराल,आधुनिक गायक सौगात सायर,गायिका पुनम सुनार,हास्य कलाकार राजेश गैरे लगायतको प्रस्तुति रहेको महोत्सबमा डान्स आइडल, खुल्ला पुरुष भलिबल प्रतियोगिता,डुंगा रेस,फिसिङ लगायतका प्रतियोगिताको आयोजना गरिएको थियो ।


कार्यक्रम समयमाई सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष मीन बहादुर थापाको अध्यक्षता,कन्चन गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष गोम तरामु,डिभिजन बन कार्यालय रुपन्देही अध्यक्ष भरत बहादुर श्रेष्ठको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको हो । संस्थाका सचिब ममता श्रीसको स्वागत तथा संचारकर्मीहरु सुरज थापा मगर,हेमा बेलबासे र रबि राना मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको । कार्यक्रममा विभिन्न क्षेत्रबाट सहयोग पु्र्याउने संघ संस्थालाई सम्मान गरिएको थियो । यसैबिच शनिबार तालमा विश्व सिमसार दिवस समेत मनाइएको छ । सिमसार तथा जलवायु परिवर्तन भन्ने नारासहित दिवस मनाइएको हो ।


कञ्चन डान्स आइडलको उपाधि हेमा मकवानीलाई


कन्चन महोत्सवमा जारी प्रथम डान्स आईडलको उपाधि हेमा मकवानीले जितेकी छन् । कन्चन १ कुचेरा निवासी मकवानीले फाईनलमा ४ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । उपाधि सँगै उनले नगद २० हजार सहित प्रमाण पत्र प्राप्त गरेकी छन् ।

यसैगरी दानापुर निवासी रबिना तरामुले द्धितीय स्थान हासिल गरेकी छन् । उनले नगद १० सहित प्रमाण पत्र प्राप्त गरिन् । यस्तै कन्चन १ गजेडी निवासी मिनु बलाल तृतिय भएकी छन् । उनले नगद ५ हजार सहित प्रमाण प्राप्त गरेको आयोजकले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।