ताजा अपडेट »

सगरमाथा आरोहणका क्रममा गाइडको मृत्यु

विहीबार, ०१ बैशाख २०७९, २३ : १०
8 Shares

काठमाडौं। सगरमाथाको आरोहण गर्ने क्रममा बिहीबार बिहान एक गाइडको मृत्यु भएको छ। खुम्बु आइफल काट्ने क्रममा क्याम्प नजिक बिरामी परेका गाइड निमातेन्जी शेर्पाको मृत्यु भएको कम्पनीले जानकारी दिएको छ।

माप्य दुधकोशी गाउँपालिका(७ सोलुखुम्बुका ३७ वर्षीय गाइड शेर्पा दोस्रो क्याम्पतर्फ जानेक्रममा बिरामी परेपछि तत्कालै मृत्यु भएको गाइड कुङगा शेर्पाले जानकारी दिए।

मृतकको शव पोष्टमार्टेमका लागि हेलिकप्टरबाट लुक्ला ल्याएको उनले जानकारी दिउ। इन्टरनेस्नल माउन्टेन गाइड ९आइएमजी० कम्पनीबाट आरोहणका लागि गएका गाइड शेर्पाको लेख लगेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।