ताजा अपडेट »

भैरहवामा सुजुकीपार्टसको आधिकारीक बिक्रेता एमएस सप्लायर्स

शनिबार, २६ चैत्र २०७८, १३ : ०९
6 Shares

भैरहवा । सुजुकी गाडीमा प्रयोग हुने पार्टसको आधिकारीक बिक्रेताको रुपमा एमएस सप्लायर्सले आज देखी औपचरिक बिक्रिको सुरुवात गरेको छ । ब्यवसायीहरु मोहित रौनियार र सुरेश पन्थीको संयुक्त लगानीमा उक्त ब्यवसाय सुरु भएको हो ।

एमएस सप्लायर्सको औपचरिक सुरुवात गर्दै सुजुकीका नेशनल पार्टस म्यानेजर बलराम गौतमले सुजुकीले आफ्ना ग्राहकहरुलाई सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्य सहित पहिलो पटम भैरहवामा आधिकारीक बिक्रेता तोकेको बताए । उनले यस क्षेत्रका सुजुकीका ग्राहकहरु आधिकारीक बिक्रेताको अभावमा भारतबाट कमसल खालको पार्ट्स प्रयोग गरि रहेकोमा अब त्यो बाध्यता अन्त्य हुने विश्वास ब्यक्त गरे । ३५ बर्षदेखी सिजी कम्पनीले सुजुकीको गाडीहरु बिक्रि गर्दै आएकोमा यस क्षेत्रमा करिब ७ देखी ८ हजार गाडी बिक्रि गरि सकेको हुदा बार्षिक रुपमा पार्ट्समै करिब १२ करोडको कारोबार हुने गरेको उनले अनुमान गरे । यस बाहेक बार्षिक रुपमा सुजुकीको बिक्री ७ देखी ८ सयको हाराहारीमा रहेको हुदा करिब १५ लाख रुपैयाको पार्ट्स बिक्रि बार्षिक रुपमा थपिदै गएको उनले बताए ।

भैरहवाको एमएस सप्लायर्सले सुजुकीको जेनुईन पार्ट्सहरु कम्पनीले निर्धारण गरेको मूल्यमा बेच्ने हुदा भारतीय बजारमा पाईने पार्टस मूल्य भन्दा किफायती हुने एमएस सप्लायर्सका प्रवन्ध निर्देशक सुरेश पन्थीले जानकारी दिए । उनले सुजुकीको ईन्जिन देखी अन्य सा–साना पार्टसहरु समेत यो आउटलेटबाट खरिद गर्न सकिने जनाए ।

यस्तै एमएस सप्लायर्सका अर्का प्रवन्ध निर्देशक मोहित रौनियारले भारतमा बिभिन्न कर र जियसटी लगायतको कारण नेपालको तुलनामा महङ्गो पर्ने तथा कमसल खालको पार्टस मात्र पाईने भएको हुदा बिक्रिको सम्भावना देखेर लगानी गरेको बताए । उनले करिब १ करोडको लागतमा ब्यवसाय सञ्चालन गरेको जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।