ताजा अपडेट »

आफ्नै आमो हत्या गरेको अभियोगमा छोरा पक्राउ

आइतबार, २९ फागुन २०७८, १३ : ००
6 Shares

बुटवल । आफ्नै ६५ वर्षीया आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् । आफ्नै आमा कान्छी बलामीको हत्या गरेको अभियोगमा नुवाकोटको ककनी गाउँपालिका–१ नयाँबस्तीका ३३ वर्षीय भिम बहादुर बलामीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

भीम बहादुरले मादक पदार्थ सेवन गरी आफ्नै आमालाई घनले टाउकोमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्या पछि उनले आमो शवलाई घरभित्र पत्करले छोपी राखेका थिए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।