१२ जेष्ठ २०७९, बिहीबार

May 26, 2022

काठमाडौं । वन तथा वातावरण मन्त्री रामसहाय यादव र  राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष किरण पौडेललगायत सदस्यहरुकाे बीचकाे विवाद  उत्कर्षमा पुगेकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा  वन मन्त्रालयकाे जिम्मेवारी सम्हालेका यादवले समितिका पदाधिकारीलाई राजीनामा दिएर वाटो खुल्ला गर्न गरेको आग्रह अस्वीकार गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।

Advertisement

४ माघमा स्पष्टीकरण सोधेका समितिका अध्यक्ष तथा सदस्यसहितका पदाधिकारीलाई मन्त्री यादवले त्यसको दुई दिन नबित्दै सार्वजनिक सूचनामार्फत सफाई पेस गर्न निर्देशन दिएका छन । 

गत ४ माघमा सोधिएको स्पष्टीकरण पत्र नबुझे पछि वन मन्त्रालयले अध्यक्ष पौडेलसहित सदस्यहरु कमला ओली सिवाकोटी, शशिकुमार शर्मा, सुस्मिता ढकाल, भेषराज आचार्यलगायतलाई ५ दिन भित्र  सफाई पेश गर्न निर्देशन दिएको हो ।

सफाईका लागि मन्त्रलायले सार्वजनिक सुचनामार्फत दिएकाे निर्देशनमा भनिएकाे छ, ‘४ माघको पत्रहरु तपाईहरुवाट नबुझिएको हुदाँ तपाईहरुको नियुक्ती पश्चात त्यस समितिको गठन आदेश लगायत प्रचलित कानुनले तोकिएको जिम्मेवारी तथा कार्य विवरणका कार्यहरु के कति र कसरी सम्पादन गर्ने गराउने गर्नु भएको छ ? पत्र प्राप्त भएको पाँच दिन भित्रमा यसमा मन्त्रालयमा पेस गर्न अनुराेध छ ।’ 

मन्त्रालयका अनुसार ३० पुसको मन्त्रीपरिषदको निर्णय अनुसार सो स्पष्टीकरण सोधिएको हो । 

प्रतिकृया दिनुहोस्

Flash News

६८ हजार बढी विद्यार्थीले लुम्बिनीबाट एसएलसी दिदैँ तिलोत्तमामा खाँण ८४५ मतले अगाडि, अब ३ हजार मत गन्न बाँकी ओलीले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक खोजेपछि प्रकाशमानले दिए जवाफ निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भाे: झलनाथ शुक्रबारबाट क्यूएफएक्ससहित देशभरका हलमा ‘कबड्डी-४’ सत्तारुढ गठबन्धनले नेपालको स्वतन्त्र र असंलग्नता परराष्ट्र नीति परित्याग गरेको हो : रावल दश महिनामा एक अर्ब २१ करोडको फेसमास्क नेपाल भित्रियो इपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीको आग्रह विद्यालय जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास वाइडबडी र सुनकाण्ड छानबिन गर्न सरकारलाई ओलीको चुनौती आगोले जलेकी विरामीलाई छाडेर फर्कियो बुद्ध एयर, चर्को आलोचनापछि प्रस्टीकरण हवाइजहाजको टिकट पाउन पनि शक्ति केन्द्रको भर ३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते ? परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएकाे ओली आराेप एमाले सत्यसँग लड्दैन, शक्तिसँग झुक्दैन : ओली विश्वव्यापी मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो : ओली त्रिवि शिक्षण अस्पतालमा एमबीबीएसमा भर्ना गरिदिन्छु भन्दै १७ लाख ठगी विदेश पठाई दिन्छु भनि २५ लाख ठगी गर्ने एक जना पक्राउ निर्वाचनमा प्रतिपक्षी दलमाथि सरकार निर्मम ढंगले प्रस्तुत भएको ओलीको आरोप