ताजा अपडेट »

रुपन्देहीका पत्रकारद्वय कंडेल र नेपाललाई रोटरी पत्रकारिता पुरस्कार

बुधबार, १५ मंसिर २०७८, १९ : ०७
8 Shares

बुटवल । रुपन्देहीका पत्रकारद्वय एन.बी. कंडेल र कबिन्द्र नेपाल ‘रोटरी पत्रकारिता पुरस्कार- २०७८’ बाट पुरस्कृत भएका छन् । पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा विशेष भूमिका निवार्ह गरेको भन्दै रोटरी क्लब अफ बुटवलले उनीहरुलाई सम्मानसहित पुरस्कृत गरेको हो ।

कंडेल र नेपाललाई एक समारोहका बीच ३२९२ नेपाल भुटानका नोमिनी डिष्टिक गर्भनर रो. राजेन्द्रप्रसाद ध्वजु, नेकपा एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य तथा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी, रोटरी क्लब अफ बुटवल वर्ष २०२१-२२ का अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्याय लगाएतले दोसल्ला, प्रमाणपत्रले सम्मान गर्दै उक्त पुरस्कार प्रदान गरेका हुन् । उक्त पुरस्कारको राशी दश हजार रहेको छ ।

रुपन्देहीमा दशकबढीदेखि पत्रकारितामा आबद्ध कंडेल ग्लोबल आवाज तथा बुद्धभूमी नेपाल साप्ताहिकमा सम्पादकको रुपमा कार्यरत छन् भने नेपाल लुम्बिनी अनलाईनमा आबद्ध छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।