ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमामा जेब्राक्रसिङमा टिप्परले ठक्कर दिँदा ७८ वर्षिया बृद्धाको मृत्यु

मंगलबार, १६ कार्तिक २०७८, ११ : १७
6 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा शंकरनगरमा जेब्रात्रसिङबाट सडक पार गर्दै गरेकी बृद्धालाई टिप्परले ठक्कर दिँदा ज्यान गएको छ । मंगलबार(आज) बिहान करिब ६ बजेको समयमा सडक पार गर्दे गरेकी ७८ वर्षिया प्रेमकुमारी आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुल्मी कालीगण्डकी गाँउपालीका घर भएर तिलोत्तमा ३ सिता राईस मिल नजिकै बस्दै आएकी आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । आचार्यलाई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

आचार्यलाई ठक्कर दिएर टिप्पर फरार भएपनि पछि सम्पर्कमा आएको प्रहरीले जनाएको छ । प्रहरी अनुसन्धानमा लु २ ख २२१६ नम्बरले ठक्कर दिएको तथा चालक सहित टिप्पर फरार भएपनि टिप्पर मालिक प्रहरी सम्पर्कमा आएको ट्राफिक प्रहरीले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।