२ भाद्र २०७९, बिहीबार

Aug 18, 2022

लन्डन । बेलायतको ग्लास्गो सहरमा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ मा विश्व नेताहरूले वन फडानीलाई सन् २०३० सम्ममा रोक्ने प्रतिबद्धता जनाएका छन् । 

Advertisement

प्रतिबद्धतामा ब्राजिलले पनि हस्ताक्षर गर्ने भएको छ । ब्राजिलको अमेजनस्थित जंगल फडानी हुँदा ठूलो संख्यामा जीवजन्तु संकटमा पर्नुका साथै वातावरणमा नकरात्मक असर परेको छ । जंगलको संरक्षण र बृक्षारोपणको लागि अझै धेरै रकम जुटाउन पनि विश्व नेता सहमत भएका छन् ।  वन फडानी रोक्ने सम्झौतामा १०० भन्दा बढी मुलुकले हस्ताक्षर गर्ने भएका छन् । 

त्यस्तै, २८ देशका सरकारले विश्वव्यापी खाद्यन्न बजार र कृषिजन्य उत्पादनका कारण हुने वन विनाश रोक्ने प्रतिबद्धता जनाउने भएका छन् । चरन वा जनवारलाई खानेकुरा उत्पादनका लागि रुख काट्दा जंगल विनाश भइरहेको छ । 

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पृथ्वीको वन संरक्षण र वृक्षारोपणका लागि विश्व नेताबीच एतिहासिक सम्झौता हुन लागेको जानाकारी दिएका छन् ।विश्वका सर्बाधिक ठूला कम्पनीहरुमध्ये ३० कम्पनीहरूले जंगल फडानीसँग जोडिएका गतिविधिमा गर्दै आएको लगानी रोक्ने प्रतिबद्धतसमेत जनाउने भएका छन् । -एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

प्लास्टिक झोला प्रतिबन्ध : कार्यान्वयनमा चूनौतीपूर्ण पूर्व-पश्चिम राजमार्गमा बसको ठक्करबाट अटो रिक्सामा सवार ३ जनाको मृत्यु, एक घाइते मौसम : लुम्बिनीका केहि स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना कलंकीको खसीबजार हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक संसोधन नगरी आजै पारित गर्ने तयारी यस्ता छन् धरानका मेयर हर्क साम्पाङका १०० दिनका १३ काम काठमाडौंको फोहोर व्यवस्थापनमा चारबुँदे सहमति पशुआहारका लागि गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ प्रयोग ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउँदै लुम्बिनी प्रादेशिक अस्पतालमा १५० शैय्याको नयाँ भवनबाट प्रसूति सेवा बन्दीलाई कारागारभित्रै अस्पताल मुख्यमन्त्री केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु ‘पत्रकार कुट्ने’ परासीको पाल्हीनन्दन प्रमुखलाई कारवाहीको माग निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन अर्थमा चुक्यो लुम्बिनी सरकार नवलपरासीको विभिन्न स्थानबाट फरार ७ जना प्रतिवादी पक्राउ दार्चुलामा जीप दुर्घटना : पाँच जनाको मृत्यु, छ घाइते लुम्बिनी फोटो ग्राफर संघको सप्ताहव्यापी कार्यक्रम , ५० जनाले गरे रक्तदान लुम्बिनी सरकारले आफ्नाे सेवा सुविधा वृद्धिका लागि खुलायाे बाटाे, थप नियुक्तिका लागि अनुसूची हेरफेर चार महिनामा विपद्का घटनाले लियो १५७ जनाको ज्यान, ८५ करोडभन्दा बढीको आर्थिक क्षति