ताजा अपडेट »

नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो

मंगलबार, १९ असोज २०७८, १० : ५०
4 Shares

काठमाडौं । श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा चिप्लिएको छ । जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ । करिब ८० जना यात्रु लिएर नेपालगन्ज जान लागेको जहाज उड्नुअघि नै ट्याक्सी वे छाडेर बाहिर गएको विमानस्थल प्रहरीले जनाएको छ । 

विमानस्थल सुरक्षा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जहाज उड्नुअघि नै पाङ्ग्रा ट्याक्सी वे छोडेर घाँसतिर गएको बताए । यात्रुलाई अर्को जहाजमा पठाउने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

जहाज धावनमार्गमा नभएकाले उडान भने प्रभावित नभएको बुझिएको छ । जहाजमा कुनै क्षति नभएको र के कारणले घटना भयो भन्ने बारेमा अहिले नै भन्न नसकिने श्री एयरलाइन्सले जनाएको छ । न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।