५ कार्तिक २०७८, शुक्रबार

Oct 22, 2021

काठमाडाैँ । आज ५ अक्टोवर । आज विश्व इतिहासमा बिभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही घटनाक्रमः
 
राष्ट्रपतिलाई घुँडा टेकाउने युगोस्लाभियाको प्रदर्शन
-सन् २००० मा गणतन्त्र युगोस्लाभियामा विशाल प्रदर्शन भएको थियो । निर्वाचनको बिरोधमा हजारौंको प्रदर्शनपछि तत्कालिन राष्ट्रपति स्लोबोदान मिलोसेभिकलाई सत्ताच्युत गरेको थियो । प्रदर्शनकारीले संसद भवनसमेत जलाइदिएका थिए । त्यसको दुई दिनपछि मिलोसेभिकले पदबाट राजीनामा दिएका थिए  ।

Advertisement

अन्तरिक्षमा जाने पहिलो क्यानेडेली
-सन् १९८४ मा पहिलो क्यानेडेली अन्तरिक्षमा पुगेका थिए । नासाको स्पेस सटल च्यालेन्जरमार्फत मार्क गार्नेउ अन्तरिक्षतर्फ उडेका थिए ।

अमेरिकी राष्ट्रपतिको त्यो टेलिभिजन सम्बोधन
-अमेरिकाका ३३ औं राष्ट्रपति ह्यारी ट्रुम्यानले ५ अक्टोवर सन् १९४७ मा गरेको एउटा टेलिभिजन सम्बोधन सदावहार चर्चामा छ । सम्बोधनमा उनले अमेरिकीलाई थोरै खाद्यन्न प्रयोग गर्न आह्वान गरेका थिए । दोस्रो विश्वयुद्धको कारण युरोपले खाद्यन्न संकट सामना गरिरहेका वेला राष्ट्रपतिले सो आह्वान गरेका थिए  । उनले हरेक मंगलबार अमेरिकीलाइ मासु नखान र विहीबार अन्डा र कुखुराका परिकार अनुरोध गरेका थिए । त्यस्तै, हरेक दिन एक पिस पाउरोटी घटाउन पनि उनले आग्रह गरेका थिए  ।

सडक प्रदर्शनपछि थाइ प्रधानमन्त्रीको राजीनामा
-सन् १९७३ मा भएका विशाल प्रदर्शनहरूपछि थाइलेन्डका प्रधानमन्त्री थानोम किट्टिकाचोर्नले पदबाट राजीनामा दिएका थिए । 

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

नेपालकै तेस्रो ठूलो विद्युत सवस्टेशनको परीक्षण सफल रुपन्देहीमा लाखौँको अबैध काठ बरामद चितवन घटनाले उब्जिएका प्रश्नहरु अदालती मिलापत्रमा विश्वास घट्यो कोभिडबाट १ लाख २० हजार स्वास्थ्यकर्मीको मृत्यु रामपुरको छाङ्दी झरनामा पर्यटकको आकर्षण सडक विस्तारः तनहुँ खण्डमा सात हजार रुख काटिने माटाका भाँडा बनाउने कुमालेलाई भ्याइनभ्याइ स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य सगठनको आग्रह लयमा फर्किँदै बागलुङका पर्यटन व्यवसाय जुवाखालबाट पक्राउ परेका वडाअध्यक्ष छुटे दसैं सकियो, गाउँ रित्तियो विकास आयोजनाको प्राविधिक परीक्षणमा कर्मचारी र बजेटको अभाव चीनले आक्रमण गरे ताइवानको रक्षा गछौंः अमेरिका बाढीपहिरो पीडितका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्छौँः प्रधानमन्त्री देउवा मकालु बेसक्याम्प घुम्न गएका एक युवकको मृत्यु, तीन दिनपछि सार्वजनिक प्रदेश १ का मुख्यमन्त्री आचार्य विश्वासकाे मत लिँदै एमाले अधिवेशन : ओलीले एकसाथ ७५३ वटै पालिकालाई सम्बोधन गर्ने श्रीमान विदेशबाट फर्केको अर्कोदिन श्रीमतीको मृत्यु ‘केजिएफ २’मा यशसँग नोराको रोमान्स