ताजा अपडेट »

बुटवलमा आगलागी ,५ पसलमा क्षति

आइतबार, २० भदौ २०७८, ०७ : ०३
8 Shares

बुटवल । बुटवलको राजमार्ग चौराहामा रहेको एक पसलमा आगलागी भएको छ। प्रहरी तालिम केन्द्र नजिकै रहेको क्याप हाउसमा आगलागी भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। हिजाे बेलुका साढे ९ बजेतिर क्याप हाउसबाट शुरु भएको आगलागी अन्य ४ वटा पसलमा पनि क्षती पुगेको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुटवल उपमहानगरपालिकाका २, तिलोत्तमा, सिद्धार्थनगर र सैनामैना तथा गैडहवाले सञ्चालन गरेको १ गरी ५ दमकलको मद्दतबाट आगो नियन्त्रामा आएको हो। क्याप हाउस सहित सैलुन, वर्कसप, जुत्ता पसल र एउटा ट्राभल एजेन्सीको कार्यालयमा क्षती पुगेको हो । क्याप हाउस, सैलुन र वर्कसपमा पूर्ण रुपमा क्षति पुगेको छ भने अन्य २ मा भने आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

सर्ट सर्टिकटको कारणले आगलानी भएको प्रारम्भीक अनुसन्धानबाट खुलको प्रहरीले जनाएको छ । क्षतिको भने विवरण आईनसकेपनि कराेड बढिकाे क्षातिकाे अनुमान गरिएको प्रहरीले जनाएको छ । आगाे करिब सवा घण्टा (पाैने ११ बजेतिर) नियन्त्रणमा आएकाे थियाे।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।