६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

बुटवल । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तरर्राष्ट्रिय विमानस्थलमा जहाज पार्किङको समस्या देखिएको छ । विमानस्थलमा पार्किङ क्षेत्र सानो र भैरहवाबाट उडान हुने विमानहरुको संख्या धेरै हुन थालेपछि पार्किङको समस्या भएको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, सिद्धार्थनगरका निमित्त महाप्रबन्धक प्रेमनाथ ठाकुर बताउँछन् ।

Advertisement

अहिले विमानस्थलमा घरेलुतर्फ दैनिक ४ वटा मात्रै विमान पार्किङ गर्न मिल्ने भएपनि ७ वटासम्म जहाज पार्किङ गर्न बाध्य रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘विमानस्थलमा जहाज पार्किङ एरीया साघुँरो छ । दैनिक ४ वटामात्रै विमान पार्किङ गर्न मिल्ने अवस्था छ । उडानहरु थपिदैँ पार्किङको लागि हम्मेहम्मे परेको छ ।’

उक्त विमानस्थलबाट दैनिकी १७/१८ उडान सञ्चालन भइरहेको ठाकुरको भनाई छ । मौसमी खराबी, चराचुरुङी लगाएतको अवरोधले उडानमा समस्या हुने गरेर र विमानलाई होल्डमै राख्न बाध्य हुने उनी बताउँछन् । विमानस्थलबाट यति एअरलाइन्स, सौर्य एअरलाइन्स, श्री एअरलाइन्स, बुद्ध एअर लगाएतका विमानहरुले उडान भर्ने गरेका छन् । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माणको कामले गर्दा पनि उडान र पार्किङमा सास्ती खेप्नु परेको उनको भनाई छ ।

उक्त विमानस्थलाई ‘वैकल्पिक’ विमानस्थलको रुपमा समेत प्रयोग गरिदैँ आएको छ । त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा भिड–भाड तथा लामो समय आकाशमा होल्ड गर्नुपर्ने अवस्था सिर्जना भएमा धनगढी, सिमरा विमानस्थलबाट छुटेका विमानहरु भैरहवा विमानस्थलमा पार्किङको लागि आउने गरेको उनको भनाई छ ।

उनी भन्छन्,‘भैरहवा विमानस्थल ‘वैकल्पिक’ विमानस्थल पनि हो । मौसमी तथा अन्य कारणले काठमाडौंबाट उडान भर्न नसक्ने, काठमाण्डौंको आकाशमा भीड हुने लगाएतका समस्याहरु देखिएको खण्डमा धनगढी, सिमरा, पोखराबाट छुटेका विमानहरु यतै आउँछन् । यस्तो अवस्थामा पार्किङको लागि ठाउँ नहुँदा समस्या उत्पन्न हुने गरेको छ ।’ विमानस्थलमा आपतकालीन अवस्थाका लागि समेत पुग्ने पर्याप्त ठाउँ नपुग्ने गरी पार्किङ गर्न बाध्य हुने ठाकुर बताउँछन् । हाल भैरहवाबाट काठमाडौं, पोखरा, भरतपुर, नेपालगञ्ज लगाएतका क्षेत्रमा दैनिकी उडान हुने गरेको छ ।

यस्तै, त्रिभुवन विमानस्थलको ‘वैकल्पिक’ मानिने यस विमानस्थलमा हेलिप्याड नहुँदा पनि सर्वसाधारणले सास्ती खेप्नु परेको छ । आपतकालिन अवस्थाका लागि समेत हवाई जहाजलाई पार्किङ गर्ने ठाउँ नहुँदा सास्ती खेप्नु परेको उड्डयन कार्यालय, सिद्धार्थनगरका निमित्त महाप्रबन्धक ठाकुरले बताए ।

भैरहवा विमानस्थलको वार्षिक आम्दानी ८ करोड हुने भएपनि विमानस्थलमा सरकार र प्राधिकरणको खासै ध्यान पुग्न नसकेको उनको भनाई छ । अझै २/३ वटा जहाज पार्किङ गर्ने क्षेत्रफल थपिए पार्किङको लागि समस्या हट्ने उनी बताउँछन् ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार