ताजा अपडेट »

आज पनि दिनभरि नै झरि पर्ने सम्भावना

शनिबार, १२ माघ २०७५, ०१ : ५४
16 Shares

माघ १२,

काठमाडौँ । गएको हप्ता भरि नै देशभरिको मौसममा उतार चढाव आइनै रह्यो । यसैक्रममा शुक्रबार बेलुकीबाट देशभरीकै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले गर्दा आज पनि देशभरीकै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज केहीबेर मौसम खुलेपनि फेरि बदली भई पानी पर्नेछ । ठूलो पानी पर्ने सम्भावना भने नरहेको विभागले जनाएको छ । यस्तै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि हुन सक्ने बताइएको छ । पानी परेसँगै देशभरको वातावरण धेरै नै चिसो भएको छ । आइतबारदेखि भने देशभरीकै मौसममा सुधार आउने अनुमान छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।