ताजा अपडेट »

बुटवलका २७ सहित रुपन्देहीमा थपिए ५२ संक्रमित

शुक्रबार, २९ साउन २०७८, १६ : ५४
4 Shares

बुटवल । रुपन्देहीमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा १६९ जनाको कोरोना परीक्षण गर्दा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

थपिनेहरुमा बुटवल उपमहानगरपालिकामा २७ जना, तिलोत्तमा नगरपालिकामा ८ जना, सैनामैना नगरपालिकामा ७ जना, सिद्धार्थनगर नगरपालिकामा ६ जना, देवदह नगरपालिकामा ३ जना र कञ्चन गाउँपालिकामा १ जना रहेका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २९ हजार ८१६ पुगेको छ । हाल जिल्लामा ४४२ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।

यस्तै रुपन्दहेहीमा पछिल्लो २४ घण्टामा ५४ जनाले कोरोना जितेका छन् । यो सँगै रुपन्देहीमा निको हुनेको संख्या २८ हजार ८५६ पुगेको छ । रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१९ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कुनैपनि विरामीको मृत्यु भएको छैन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।