१ भाद्र २०७९, बुधबार

Aug 17, 2022

काबुल । अफगानिस्तानमा एकपछि अर्को गरी यहाँका सहरहरु कब्जा गरिरहेको तालिबान लडाकुहरुको समूहले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार पनि कब्जा गरेको जनाएको छ । शुक्रबार बिहान उनीहरुले सो कुरा सार्वजनिक गरेका हुन् । आज उनीहरुले अफगानिस्तानको कान्दाहार र लस्कार गाह सहर पनि आफूले नियन्त्रणमा लिएको दाबी गरेका हुन् ।

यस सहर नियन्त्रणमा लिएर आफूहरुले ठूलो सफलता हासिल गरेको पनि उनीहरुको दाबी छ । दक्षिण अफगानिस्तानका यी दुई सहर तालिबानका लागि निकै महत्वपूर्ण विजय भएको लडाकुहरुले दाबी गरेका छन् । त्यस सहरलाई तालिबानको बलियो पकड भएको क्षेत्रका रुपमा लिइएको थियो । त्यसैले पनि विगतमा यहाँ नेटो र अफगान सेनाको ठूलो सुरक्षा दिइएको थियो ।

कान्दाहार सहर अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो । त्यसैले उनीहरुले यसलाई ठूलो उपलब्धि भनेका हुन् । अफगानिस्तानमा जारी सङ्घर्षका बीचमा तालिबानले बिहीबार मुख्य सहर घाज्नी र हेरात पनि आफ्नो नियन्त्रणमा लिइएको बताएको थियो । पछिल्ला दिनहरुमा तालिबानले देशैभरि आफ्नो विस्तारलाई कायम राख्ने जनाएको छ । यसै क्रममा उसले विभिन्न सहरमा कब्जा जनाउँदै आएको हो ।उनीहरुको कब्जा बढ्दै गएपछि पश्चिमा देशहरुले आफ्ना दूतावासका कर्मचारी र नागरिकहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउन थालेका छन् । -सिन्ह्वा

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी प्रादेशिक अस्पतालमा १५० शैय्याको नयाँ भवनबाट प्रसूति सेवा बन्दीलाई कारागारभित्रै अस्पताल मुख्यमन्त्री केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु ‘पत्रकार कुट्ने’ परासीको पाल्हीनन्दन प्रमुखलाई कारवाहीको माग निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन अर्थमा चुक्यो लुम्बिनी सरकार नवलपरासीको विभिन्न स्थानबाट फरार ७ जना प्रतिवादी पक्राउ दार्चुलामा जीप दुर्घटना : पाँच जनाको मृत्यु, छ घाइते लुम्बिनी फोटो ग्राफर संघको सप्ताहव्यापी कार्यक्रम , ५० जनाले गरे रक्तदान लुम्बिनी सरकारले आफ्नाे सेवा सुविधा वृद्धिका लागि खुलायाे बाटाे, थप नियुक्तिका लागि अनुसूची हेरफेर चार महिनामा विपद्का घटनाले लियो १५७ जनाको ज्यान, ८५ करोडभन्दा बढीको आर्थिक क्षति लुम्बिनी अस्पतालको टेण्डर घोटाला : कागजातसहित ७ दिन भित्र उपस्थित हुन प्राधिकरणलाई निर्देशन कपिलबस्तुको सिद्धार्थ रिसोर्टमा तीज विशेष कार्यक्रम हुने, सहभागीलाई पुरस्कार ! महाअभियोग टुङ्गो लगाउने कार्यतालिका अर्को बैठकमा पेश हुने पुरुषहरू धेरै काम गर्छन् तर, महिलाहरूलाई फुर्सद कम हुन्छ निर्वाचन नजिकिएसँगै फेरि गृहजिल्ला जाँदै एमाले अध्यक्ष ओली नेपाल र बेलायतबीच स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारीमा हस्ताक्षर हुने सन्तानको दीर्घायुको कामना गर्दै कुशको पूजा गरेर तीनछठी पर्व मनाइयो छुट्टाछुट्टै घटनामा बाँकेमा दुई जनाको मृत्यु दक्षिण कोरियामा एकैदिन एक लाख ८० हजार भन्दा बढी सङ्क्रमित