ताजा अपडेट »

कपिलवस्तुमा पेस्तोल र भरुवा बन्दुकसहित पाँच जना पक्राउ

आइतबार, ०३ साउन २०७८, १८ : १८
8 Shares

कपिलवस्तु । जिल्लामा विभिन्न हात-हतियार सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु प्रहरीले नगरपालिका ११ जहदीबाट १ जना र बाणगंगा नगरपालिका –८ मोर्मीबाट चार जनालाई हतियार सहित पक्राउ गरेको हो। कपिलवस्तु नगरपालिका वडा नं ११ जहदी बस्ने बाट पक्राउ ३६ बर्षीय मातेश्वर प्रसाद यादव र बाणगंगाबाट पक्राउ पर्नेमा स्थानीय ५१ वर्षीय टीकाराम थापा, २५ वर्षीय गुमबहादुर राना, वर्ष ४७ को मीनबहादुर सेन र ४१ वर्षीय गोपाल थापा रहेका छन्। 

कपिलवस्तु नगरपालिका वडा नं ११ जहदी चोक स्थित तौलिहवा जितपुर सडक खण्डमा प्रहरी टोलीको विशेष चेकजाँचको क्रममा पुर्वबाट पश्चिम तर्फ सवार युपि ५५ डब्लु ८३२४  नम्बरको भारतीय नम्बर प्लेटकाे मोटरसाइकललाई रोकी चेकजाँच तथा खानतलासी गर्दा मन्नु भन्ने मातेश्वर प्रसाद यादवले लगाएको जिन्स पाईन्टको कम्मरपेटिमा बाँधिराखेको पिस्तोल बरामद भएको कपिलवस्तु प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए। 

गोपाल थापा मगरको घर बाट फलाम जडित १ नाले भरुवा बन्दुक - थान १ र टिका बहादुर थापाको घर बा भरुवा बन्दुक थान - २ र वारुद राखेको २ वटा बट्टा, २९४ ग्राम बारुद र छर्रा थान ६० गोटा, फलामले बनेको डोरी जडित जंगली जनावर मार्न प्रयोग हुने पासो समेत फेला अनि गुन बहादुर रानाको घर बाट फलामले बनेको १ नाले भरुवा बन्दुक र वारुद राखिएको २ वटा प्लाष्टिकको बट्टा, ५१ ग्राम वारुद फेला पारी उक्त बन्दुक तथा बारुद समेतलाई बरामद गरिएको कपिलवस्तु प्रहरी नायव उपरीक्षक भण्डारीले बताए। 

यादवलाई यस अघि २०७५ असार १७ गते र २०७७ फागुन १७ गते हात-हतियार सहित पक्राउ गरेको थियो । उनी धरौटीमा छुटेका जिल्ला प्रहरी कार्यालय ले बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।