ताजा अपडेट »

बुटवल कालिका माबिकी पूर्व शिक्षिका नैनकला सञ्चारमन्त्री

विहीबार, २७ जेठ २०७८, १६ : १८
10 Shares

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । विस्तारित मन्त्रिपरिषद्मा नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बनेकी छन् । महिला आयोगको अध्यक्ष भइसकेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन् । तर पूर्व माओवादी कोटाबाट दुई मन्त्री बनाउँदा नैनकला सञ्चारमन्त्री बनेकी छन् । उनी एमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् ।

थापाले बुटवलको तत्कालीन कालिका माध्यमिक (हाल कालीका मानवज्ञान माध्यमिक) बिद्यालयमा २०४३/४४ सालको समयमा ३–४ वर्ष अध्यापन गरेको उनी संगै अध्यापन गरेकी सोही बिद्यालयकी पूर्व शिक्षिका डमरु पूनले जानकारी गराईन् । उनी सोझो स्वभावकी रहेको बताउँदै उनले रिस नउठ्ने र सधै हाँसी रहने बानी रहेको बताईन् ।बुटवल राजमार्ग चौरहा (लखन चोक) नजिकै माईती घर आउँदा उनी पछि पनि बिद्यालय आउने गरेको पारिवारीक स्रोतले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।