ताजा अपडेट »

आज दिनभरि नै पानी पर्ने सम्भावना

बुधबार, ०९ माघ २०७५, ०४ : ५८
8 Shares

माघ ९,

काठमाण्डौं ।उपत्यकासहित देशका धेरै ठाउँमा गए रातिदेखि नै पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले पूर्वका केहि र मध्य तथा पश्चिममा धेरै ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यो प्रणाली अहिले पूर्वतिर सरिरहेकाले आज काठमाडौं सहित पूर्वका धेरै ठाउँमा दिनभरी नै पानी पर्ने सम्भावना छ । पश्चिममा पनि मौसम खुल्ने संभावना कम रहेको विभागले जनाएको छ । आज रातिदेखि भने मौसममा केहि सुधार आउन सक्ने र भोली घाम लाग्ने सम्भावना रहेको बताइएको छ । पानी परेका कारण आज अरुदिन भन्दा केहि चिसो बढेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।