ताजा अपडेट »

बँदेलको आक्रमणबाट मृत्यु

शनिबार, १८ बैशाख २०७८, ११ : ०९
6 Shares

चितवन । जिल्लाको माडीमा बँदेलको अक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–८ शान्तिपुरका ४५ वर्षीय नवराज ढकाल रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । ढकाल बारीमा घाँस काटिरहेको समयमा बँदेलले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना शुक्रबार साँझ भएको हो ।

रासस
लेखकको बारेमा
रासस