ताजा अपडेट »

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थललाई रुट दिन भारत तयार

मंगलबार, ०८ माघ २०७५, १७ : १२
10 Shares

माघ ८,
भैरहवा । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेश बिन्दु दिन भारत सहमत भएको छ ।निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि हवाई रुटको समस्या भइरहेका बेला भर्खरै भारत भ्रमणबाट फर्किएका संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले उक्त समस्याको गाँठो फुकाएका हुन् ।

ग्लोबल एभिएसन समिटमा भाग लिन भारत गएका मन्त्री अधिकारीले भारतका उद्योग वाणिज्य तथा नागरिक उड्यनमन्त्री सुरेश प्रभुसँग हवाई रुटको विषयमा छलफल गरेका थिए । मन्त्री प्रभुसँगको छलफलपछि भारत उक्त रुट दिन तयार भएको हो । साथै भारतले अन्य रुट दिन इच्छा जाहेर गरेको मन्त्री अधिकारीले जानकारी दिए ।

भारतीय आकाशबाट आएका कुनै पनि जहाज अहिले सिमरा बिन्दुबाटमात्र प्रवेश हुन्छन् । महेन्द्रनगर, नेपालगञ्ज, जनकपुर र वीरगञ्जबाट पनि आउन दिन नेपालले माग गर्दै आएको छ । यसमा भारतले सहमति दिए पनि काम भने अघि बढ्न सकेको छैन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।