२० माघ २०७९, शुक्रबार

Feb 3, 2023

काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई लगाउँदै आएको प्रतिबन्ध हटाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सो समूहमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको हो । सरकार र सो समूहबीचको वार्तामा तीनबुँदे सहमति भएसँगै प्रतिबन्ध हटाइएको हो ।

Advertisement

बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारका तर्फबाट वार्ता टोलीलाई धन्यवाद दिइएको जानकारी दिँदै विभिन्न प्रकारका हिंसात्मक गतिविधि गरिरहेको सो समूहसँग वार्ता गर्दै मुलुकलाई शान्तिपूर्ण बनाउनका लागि नेपाल सरकारले गरिरहेको प्रयासमा महत्वपूर्ण सफलता मिलेको बताए ।

उनले शान्तिका लागि भएको सरकारको पछिल्लो प्रयासले महत्वपूर्ण योगदान प¥याएको समेत बताए । बिहिबार बिहान मात्रै सरकारी वार्ता टोली र चन्द समूहको वार्ता टोलीबीच तीनबुँदे समझदारी भएको थियो । समझदारीपत्रमा सरकारी वार्ता टोलीका संयोजक एवं गृहमन्त्री रामबहादुर थापा र चन्द समूहकोतर्फबाट वार्ता टोली संयोजक एवं प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

सो समझदारीलगत्तै बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले चन्द समूहमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको हो । बिहिबार बिहानको सहमतिमा चन्द समूहका सम्पूर्ण गतिविधि शान्तिपूर्णरूपमा सञ्चालन हुने र सरकारका तर्फबाट उसका गतिविधिमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने जनाइएको थियो । सहमतिपछि जारी गरिएको विज्ञप्तिमा नेपाल सरकारबाट उक्त समूहमाथि लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ गर्ने र मुद्दा खारेजी गरिने उल्लेख छ ।सहमतिको विस्तृत विवरण शुक्रबार अपराह्न २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने सहमतिपत्रमा उल्लेख छ । उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्द समूहका तर्फबाट महासचिव चन्दले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्

Flash News

एभरेष्ट बैंक र सिद्धार्थनगर सिटी अस्पताल बीच सम्झौता रास्वपाको २ दिने अल्टिमेटम, गृहमन्त्री नपाए सरकारबाट बाहिरिने आगजनी मुद्दामा पक्राउ परेका अरुणकुमारलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम रवि लामिछाने बारे! मिलीजुलीले तिनाउमा दियो सहकारी शिक्षा नेपाल प्रहरीमा ९५ जना एसपीको सरुवा रास्वपाले समर्थन फिर्ता लिँदैन, सत्ता समीकरण यथावत रहन्छ : प्रधानमन्त्री चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित दुई जना पक्राउ एक बालिका र युवतीलाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ रविलाई फेरि गृहमन्त्री बनाउनुपर्ने माग गर्दै जुम्लामा एक जनाले गरे आत्मदाह प्रयास सेयर बजार २२.१२ अंकले घट्याे बालविवाह राेक्न मर्चवारीमा बिमा कार्यक्रम सांसद अरुणकुमार चौधरी पक्राउ कालिन्चोक दर्शनको आईपीओ बाँडफाँट रारा आउने पर्यटक चालिस प्रतिशतले घटे रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान एकीकृत समाजवादीको बैठकमा घनश्याम भुसाल तिलोत्तमाको भूपु सैनिक आधारभुत विद्यालयमा चित्रकला प्रतियोगिता मेरो मौनता आजसम्मका लागि मात्रै हो, म अभिमन्यु होइन : रवि लामिछाने बलिउडको फ्लप कमब्याक