ताजा अपडेट »

पत्रकार महासंघ रुपन्देहीको वार्षिक साधारणसभा भोलि

मंगलबार, २० माघ २०७७, १८ : ०६
6 Shares

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको वार्षिक साधरणसभा भोलि (बुधबार) हुँदै छ । महासंघ केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा साधारणसभा हुने भएको हो । बुटवल मिलनचोक स्थित सिद्धार्थ कटेजमा विहान ११ बजे हुने साधरणसभामा सहभागी हुन महासंघले सबै सदस्यहरुलाई अनुरोध गरेको छ ।

महासंघको साधरणसभाका लागि आवश्यक तयारी पूरा भएको महासंघ रुपन्देही अध्यक्ष यानेन्द्र जिसिले जानकारी दिए । साधरणसभामा सचिव र कोषाध्यक्षको प्रतिवेदन पेश हुनेछ । कार्यक्रममा महासंघका पूर्व अध्यक्ष, सल्लाहाकार, रुपन्देहीका विभिन्न संघ–संस्था प्रतिनिधि एवम् साधरण सदस्यहरुको सहभागिता रहने सचिव रामप्रसाद आचार्यले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।