१४ माघ २०७९, शनिबार

Jan 28, 2023

वैशाख १९,

Advertisement

कम समय र कम लागतमा राम्रो आम्दानीको विकल्पको खोजीमा रहेकाहरुका लागि मेडिसनल प्लान्ट (औषधीय गुण भएका वनस्पति)को खेती तथा व्यापार निकै लाभदायक हुन्छ । यस्ता प्लान्टको खेतीका लागि न त ठूलो फर्मको आवश्यकता पर्छ, न त ठूलो लगानी नै आवश्यक पर्छ । यी वनस्पतिहरुको खेती तपाईले लिजमा जमीन लिएर समेत गर्न सक्नुुहुन्छ ।

अधिकांश औषधीजन्य वनस्पति ३ देखि ६ महिनाभित्र तयार हुन्छ । यसपछि यी वनस्पतिबाट लगातार आम्दानी हुुन्छ । यदि तपाईले तुलसीको खेती गर्नुहुन्छ भने २० देखि ४० हजारसम्मको लगानीमा तपाईले केबल ३ महिनामा ४ देखि ६ लाख रुपैयाँसम्म आम्दानी गर्न सक्नुुहुन्छ । तुलसी हाम्रो घरआँगनमा लगाइने अत्यन्तै गुणी बिरुवा हो। धार्मिक रूपमा पनि यसको निकै मान्यता रहेको पाइन्छ। सँगै यसको व्यवसायिक हिसाबमा पनि धेरै संभाबना छ। जमिन हुनेहरूका लागि निकै सहज हुने र जमिन नहुनेहरूले पनि थोरै जमिन भाडामालिएर खेती गर्न सकिने भएकाले यो खेतीमा लगानी गर्नु सुरक्षित हुन्छ।

तुलसीका के कस्ता फाईदा छन् ?
-यसलाई ‍ रोगसँग लड्ने शक्ति बढाउँछ ।
-महसँग खाने हो भने किड्नीमा हुने पत्थरीको पनि उपचार हुन्छ ।
-कोलेस्ट्रोललाई सन्तुलित राख्छ ।
-यसको पातको रस पिउने हो भने मुटुको लगभग धेरै रोगहरूको उपचार हुन्छ ।
-स्वाइन फ्लु जस्तो रोगको उपचार पनि तुलसीबाट हुन्छ ।
-तुलसीबाट धेरै मात्रामा अक्सिजन पाइन्छ।

कसरी खेती गर्ने ?
यसको खेती चैत्र वा वैशाखबाट सुरु गर्न सकिन्छ। सबै मौसममा राम्रो हुने यसको खेती अझ बढी गर्मीमा फस्टाउँछ । तुलसीको खेती दुई प्रकारबाट गर्न सकिन्छस बीउबाट र हाँगाबाट।

बीउबाट ?
बीउबाट खेती गर्दा तुलसीमा पहिला फूल लाग्न थाल्छन्। त्यसको एक महिना पछि पाक्न सुरु हुन्छ। एउटा फूलमा लगभग १८ बीउ हुन्छ। ती बीउलाई निकालेर सुकाउनुपर्छ। त्यसपछि बिउलाई रङ्गीन बोतलहरुमा भरेर ८(१२ हप्ता सम्म ओस नभएको स्थानमा राख्नुपर्छ । रोप्दाखेरी १५ से।मि। को दुरीमा ड्याङहरु बनाउनुपर्छ। हरेक ड्याङमा लगभग १०० वटा बीउ रोप्नुपर्छ। रोपेको ८ देखि १० दिन पछि टुसा पलाउन सुरु हुन्छ। आवश्यकता अनुसार सिँचाइ, गोडाइ गरिराख्नुपर्छ। बिरुवाको लम्बाई १० देखि १५ से। मि। भएपछि रोपाइको लागि प्रयोग गर्न सकिन्छ।

हाँगाबाट ?
१० देखि १५ वटा हाँगा काटेर छाया पर्ने ठाउँमा राखी बिहान बेलुकी पानी दिनुपर्छ। एक महिनापछि हाँगाबाट जराको विकास हुन थाल्छ। त्यसपछि पातहरु विकास हुन्छन्। हाँगाहरु ५ देखि १० से।मि लामो भएपछि रोपाइ गर्न सकिन्छ । बिरुवा रोप्नका लागि सबैभन्दा पहिला जमिन राम्ररी खन्नुपर्छ र माटो बराबर बनाउनुपर्छ। त्यसपछि माटोमा गोबर मिसाउनुपर्छ । मलका लागि फोस्फोरस र पोटास पनि लगाइन्छ। एउटा बिरुवा अर्को देखि करिब १।५ फिटको दुरीमा लगाउनुपर्छ। कहिले कहिले यसको जराको वरिपरि सफाइ गर्नुपर्छ र अलिकति खन्नु पनि पर्छ । यसो गर्नाले बिरुवा छिटो बढ्छ । रोपेको ८० देखि ९० दिनसम्ममा तुलसी टिपेर बिक्रीका लागि तयार हुन्छ।

कस्तो छ यसको व्यापार ?
तुलसीको खेतीबाट दुई प्रकारका उत्पादन गर्न सकिन्छ स् पहिलो बिउ र दोस्रो पात। यसको बीज उत्पादन गरेर बिक्री गर्न सकिन्छ साथै यसको पातबाट तेल निकालेर राम्रो कमाइ गर्न सकिन्छ । एक हेक्टरमा यसको खेतीका लागि लगभग १० किलोग्राम जति बिउको आवश्यकता पर्छ भने एक हेक्टर क्षत्रफलबाट लगभग १२० देखि १५० किलोग्रामसम्म तुलसीको बिउ उत्पादन गर्न सकिन्छ । तुलसीको बिउ प्रतिकिलो ४०० रुपैयाँसम्म बिक्री हुन्छ। यस्तै तेलको मूल्य प्रतिकिलोग्राम १३०० रुपैयाँसम्म रहेको छ।

कहाँ बेच्ने ?
तुलसीको माग बजारमा निकै रहेको पाइन्छ। यसको व्यापार भारत तथा चीनमा निर्यात गरि गर्न सकिन्छ। तुलसीलाई औषधी बनाउनका लागि कच्चा पदार्थको रुपमा प्रयोग गरिन्छ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ यस्तो रहनेछ आजको मौसम सर्वोच्चको फैसलाले रविको रफ्तारमा रोक एसईई परीक्षा चैत १७ गतेदेखि (तालिकासहित) रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब