ताजा अपडेट »

चौथो चरणको मतदान: चर्चामा कन्हैयाको बेगुसराए

सोमबार, १६ बैशाख २०७६, १६ : ०६
6 Shares

वैशाख १६, आज भारतीय लोकसभा निर्वाचन अन्तर्गत चौथो चरणको मतदान भइरहेको छ । आजको निर्वाचनमा कुल ९६१ उमेद्वारको जितहारको छिनोफानो हुनेछ । ९ राज्यका विभिन्न ७१ सिटको लागि हुने निर्वाचनमा १२.७१ करोड मतदाताको सहभागी हुनेछन् ।

यो चरणको निर्वाचनमा धेरैको ध्यान विहारको बेगुसराईको सिटमा कायम छ । यस निर्वाचन क्षेत्रबाट चर्चित पूर्व–विद्यार्थी नेता कन्हैया कुमार केन्द्रीय मन्त्रीसमेत रहेका भाजपा उमेद्वार गिरिराज सिंहविरुद्ध उमेद्वार छन् । त्यस्तै अर्का उमेद्वार तनवीर हसनलाई पनि उत्तक्कै बलियो मानिएको छ । विहारमा बलियो मानिने लालु प्रसाद यादवको राष्ट्रिय जनता दलका उमेद्वार हसनसमेत प्रतिस्पर्धा त्रिपक्षिय देखिन्छ ।

कन्हैया जेएनयू विद्यार्थी नेता हुदाँ भारत विरोधी नारा लगाएको आरोपमा मुद्धा परेपछि राष्ट्रिय नजरमा परेका थिए । पछि उक्त नारा लगाइएको भिडियो ‘डक्टर्ड’ भएको पत्ता लागेको थियो । जेलबाट रिहा भएपछि विद्यार्थीमाझ उनले दिएको सम्बोधनले उनलाई भारतभर चर्चित बनायो । -एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।