ताजा अपडेट »

कोष र अनुदान व्यवस्थापन सम्बन्धी तालिम शुरु

सोमबार, ०६ पुस २०७७, ११ : ०३
8 Shares

बुटवल । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपालको आयोजना र परिवर्तनका लागि कार्यरत समूह (वाच) को सहजीकरणमा कोष र अनुदान व्यवस्थापन सम्बन्धी तीन दिवसीय अर्चुअल तालिमको आइतवारदेखि शुभारम्भ भएको छ ।

तालिममा वाचका कार्यकारी निर्देशक एवम् सामाजिक अभियन्ता डाक्टर नारायणकाजी श्रेष्ठले पहिलो दिन संस्था सञ्चालनका समस्याहरु, संगठनात्मक विकास प्रक्रियाका सन्दर्भमा प्रकाश पारेका थिए । सो तालिममा सहभागीहरुले संस्था सञ्चालनका क्रममा भोगेका कुराहरुलाई अभिब्यक्त गरे । तालिममा सहभागीहरुलाई प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपालका कार्यकारी निर्देशक चुप थापाले स्वागत गरेका थिए भने कार्यक्रमको प्रविधि व्यवस्थापन वाचकी उपनिर्देशक मनीषा क्षेत्रीले गरेकी थिइन् ।

कार्यक्रममा देशका २५ जिल्लाका ५० जना संस्थागत अभियन्ताहरुको सार्थक सहभागिता रहेको छ । तालिम मंगलवारसम्म सञ्चालन हुने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।