ताजा अपडेट »

४० जना बालबालिकाहरुको निःशुल्क आँखा परिक्षण

विहीबार, १२ बैशाख २०७६, १२ : ४३
8 Shares

बैशाख १२,

न्युयोर्क । संयुक्त राज्य अमेरिकास्थित न्युयोर्कमा रहेको क्वीन्स नेपाली लायन्स क्लबको आयोजनामा ४० जना नेपाली बालबालिकाहरुको निःशुल्क आँखा परिक्षण गरिएको छ । अमेरिकामा रहेका नेपाली बालबालीकाहरुका लागि बिशेष कार्यक्रमहरु संचालन गरिरहेको सो लायन्स क्लवले निशुल्क आँखा परिक्षण कार्यक्रम संचालन गरेको हो ।

सो अवसरमा क्लबका अध्यक्ष लायन पुरुषोत्तम पन्थी अभिभावकहरुलाई स्वागत गर्दै आँखा परिक्षण कार्यक्रमको उद्देश्य र उपयोगिताबारे प्रष्ट पार्नुभयो । अन्य क्लबहरुलाई सहकार्यका लागि आब्हान गर्दै अध्यक्ष पन्थीले मार्च महिनादेखि साप्ताहिक रुपमा संचालित नेपाली भाषा कक्षामा सहयोग गर्ने स्वयंसेवक, शिक्षक, अभिभावक र क्वीन्स लाइब्रेरीलाई धन्यवाद दिनुभयो । कार्यक्रममा डिस्ट्रिक्टको तर्फबाट पूर्व डिस्ट्रिक्ट गभर्नर लायन ओजी टोरेसले लायन्स क्लवको हामी सेवा गर्छौं भन्ने मुलमन्त्रको भावबारे जानकारी गराउनु भयो । कार्यक्रममाआँखाजाँचकर्ताकातर्फबाटलायनलाभर्न हार्डिसनले आँखाजाँचप्रविधि र उपयोगिताबारे प्रष्ट पार्नुभयो । क्वीन्स लाइब्रेरीका तर्फबाट म्यानेजर जर्जले सामाजिक कार्यका लागि सहयोग गर्न क्वीन्स लाइब्रेरी सधै तयार रहेको बताउनुभयो । कार्यक्रममा डिस्ट्रिक्टका तर्फबाट पूर्व डिस्ट्रिक्ट गभर्नर मेलिसा टोरेस, पाउलाइनफ्रान्सिस, जोन चेयरपर्सन मंगलदास श्रेष्ठ, भाइस प्रेसिडेन्ड बाबु गुरुङ, लायन राजेन्द्र खड्का, लायनकिरण मरहठ्ठा, लायन्स क्लबका च्याप्टर प्रेसिडेन्ट कृष्ण आचार्य लगायत क्लबका अन्य प्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।

कार्यक्रममा कोषाध्यक्ष लायन बिमला गुरुङ, टेल ट्वीस्टर लायन सुनिता श्रेष्ठले अतिथिहरुलाई खादा लगाएर स्वागत गर्नुभएको थियो । सो अवसरमा मार्च महिनादेखि सुनिता श्रेष्ठको संयोजकत्वमा संचालन भएको नेपाली भाषा कक्षाको अतिथिहरुबाट अवलोकन गर्नुभएको थियो । साथै उक्त नेपाली भाषा कक्षाको संपूर्ण थापाको भोलेन्टियर संयोजकत्वमा, स्थल श्रेष्ठ, आस्था भण्डारी, प्रतिमा खड्का, सुस्मिता लम्साल, चेतनारायण पाण्डे, आर्यन श्रेष्ठ, प्रान्जल पन्थी, मैया थापा, विदुषी प्याकुरेल, रविना पौडेल र विमला शर्मा गरी नेपालीभाषा संरक्षण भइरहेको जानकारी दिनुभयो ।कार्यक्रमको संचालन क्लबका सेक्रेटरी लायन रुपा भण्डारीले गर्नुभएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।