ताजा अपडेट »

सियारीमा फिजियो थेरापी सेवा : स्थानीयलाई सहज

आइतबार, २० फागुन २०८०, १३ : ००
46 Shares

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले फिजियोथेरापी शुरु गरेको छ । पालिकाले स्थानीय नागरिकलाई स्वास्थ्य सेवामा सहज पहँुच पुर्याउने उद्देश्यले फिजियोथेरापी शुरु गरेको हो । सियारी गाउँपालिकाले शुरु गरेको फिजियोथेरापी सेवा लुम्बिनी प्रदेशका पालिकाहरुमा पहिलो भएको दाबी गरिएको छ ।

गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले फिजियो थेरापी सेवाका लागि भैरहवा तथा बुटवल लगायतका शहरमा पुग्नु पर्ने बाध्यतालाई हटाउन सियारीमा सेवा शुरु गरेको बताए । ‘फिजियो थेरापी गर्न जाँदा बुटवल तथा भैरहवाको भाडा, थेरापि गरे बापतको शुल्क लगायत तिर्दा हुने खर्च र समयको पनि बचतका लागि नागरिकलाई सुबिधा उपलब्ध गराउन सेवा सुरु गरेका हौ ।’-गाउँपालिका अध्यक्ष घिमिरेले । फिजियो थेरापी गरेबाट बढीमा १ सय ५० देखि दुईसय रुपैयाँसम्म कम भन्दा कम शुल्क तय गर्न लागिएको उनले बताए । पालिकाले सियारी ४ छपिया बजार स्थित नेपाल रेडक्रशको भवनबाट सेवा सुरु गरेको हो ।

गाउँपालिका अध्यक्ष घिमिरेले सियारीवासीलाई स्वास्थ्य क्षेत्रमा आबश्यक अन्य सेवा पनि निरन्तर रुपमा प्रदान गर्दै जाने बताए । आधुनिक मेशिनसहित फिजियो थेरापी सेवा विस्तार भएसँगै सियारी सहित मायादेवि, सुद्धोेधन गाउँपालिकाका नागरिकले समेत लाभ लिन पाउने पालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तिले जानकारी दिए । प्यारालाइसिस, नसा, ढाड र खुट्टाको समस्याका साथै बाथ लगायत रोगका बिरामीले सियारीमा सुरु गरिएको थेरापीबाट सेवा लिन सक्ने पालिकाका स्वास्थ्य शाखा प्रमुख प्रशाशकीय अधिकृत ऋषिराम पन्थीले जानकारी दिए ।

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।